बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी निर्वाचनमा होमिएकाले अब विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन निर्विकल्प भएको बताएका छन्।
केन्द्रीय समितिको बैठक सकिए लगत्तै पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिका सहित प्रस्ताव पेश गर्दा पास नभएकाले अब विषेश महाधिवेशनको विकल्प नभएको उनले जिकिर गरे।
महामन्त्री थापाले भने, ‘आज हामीले चुनावमा जाने निर्णय गरेका छौं। चुनावमा जाने उत्तम विकल्प के हो भने जुन दिन विशेष महाधिवेशन गर्न उपयुक्त हुन्छ त्यो दिन कांग्रेसको विशेष महाधिवेशन गर्नुपर्दछ।’
महामन्त्री थापाले यस अघि केन्द्रीय समितिमा बोल्ने क्रममा नियमित महाधिवेशनका लागि नेताहरु तयार नहुने हो भने मंसिरको २७ मा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए।
महामन्त्री थापाले ‘विशेष महाधिवेशन गर्दिनँ’ भन्ने अधिकार केन्द्रीय समितिलाई नहुने दाबी गरे।
‘त्यो विधानको धाराको अर्कै व्यवस्था हो। कि पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी निर्णय गर्नुपर्दछ। कसैले कार्यतालिका खोजेको होइन। महाधिवेशन खोजेको हो। यो दुईटा भन्दा अरु कुनै ठाउँ हामीलाई छैन।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया