बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक अभियान गठन गरेका सन्तोष परियारले सबै वामपन्थी पार्टीहरूलाई संकीर्णता छोडेर आफूहरूको अभियानमा जोडिन आह्वान गरेका छन्।
आइतबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोाषणा सभाको अध्यक्षता गरेका परियारले आफूहरू हिँड्न थालेको बाटो सहज नभए पनि सधैं सजिलो बाटो हिँड्न छुट नभएको बताए।
जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले देश संकटमा परेको उनको निष्कर्ष छ। परियारले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको भावनालाई समेट्दै अघि बढ्ने बताए।
परियारले भने, ‘यदि आज पनि यो समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन, बेइमान पुस्ता भन्नलाई छोड्ने छैन। यसर्थ एउटा संघर्ष गरौं। यो सजिलो बाटो त होइन। तर हामी सधैं सजिलो बाटो हिँड्न पनि पाउँदैनौं।’
उनले आजसम्म शासकका इतिहास लेखिएको भन्दै अब शिकरको नभइ सिकारीको इतिहास लेखिने दाबी गरे।
‘रुख त आजभन्दा २० वर्ष पहिला नै रोप्नुपर्थ्यो तर आज चाहिँ ढिला गर्नु हुँदैन। जबसम्म शासकका तिनका इतिहास लेखिदिने इतिहासकारहरु हुनेछन् त्यतिबेलासम्म शिकारको होइन, सिकारीको इतिहास लेखिने छ। आजसम्म नेपालको इतिहासमा सिकारीको इतिहास लेखियो, शासन सत्तामा बस्नेहरुको लेखियो अब जनताको इतिहास लेखिने छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया