बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक अभियान गठन गरेका सन्तोष परियारले सबै वामपन्थी पार्टीहरूलाई संकीर्णता छोडेर आफूहरूको अभियानमा जोडिन आह्वान गरेका छन्।
आइतबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोाषणा सभाको अध्यक्षता गरेका परियारले आफूहरू हिँड्न थालेको बाटो सहज नभए पनि सधैं सजिलो बाटो हिँड्न छुट नभएको बताए।
जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले देश संकटमा परेको उनको निष्कर्ष छ। परियारले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको भावनालाई समेट्दै अघि बढ्ने बताए।
परियारले भने, ‘यदि आज पनि यो समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन, बेइमान पुस्ता भन्नलाई छोड्ने छैन। यसर्थ एउटा संघर्ष गरौं। यो सजिलो बाटो त होइन। तर हामी सधैं सजिलो बाटो हिँड्न पनि पाउँदैनौं।’
उनले आजसम्म शासकका इतिहास लेखिएको भन्दै अब शिकरको नभइ सिकारीको इतिहास लेखिने दाबी गरे।
‘रुख त आजभन्दा २० वर्ष पहिला नै रोप्नुपर्थ्यो तर आज चाहिँ ढिला गर्नु हुँदैन। जबसम्म शासकका तिनका इतिहास लेखिदिने इतिहासकारहरु हुनेछन् त्यतिबेलासम्म शिकारको होइन, सिकारीको इतिहास लेखिने छ। आजसम्म नेपालको इतिहासमा सिकारीको इतिहास लेखियो, शासन सत्तामा बस्नेहरुको लेखियो अब जनताको इतिहास लेखिने छ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया