बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न एमाले नेताहरू बालुवाटार पुगेका छन्।
प्रधानमन्त्रीले चुनावको वातावरण बनाउने उद्धेश्यले राजनीतिक दलका नेताहरूसँग संवाद थालेकी हुन्। बिहीबार अपराह्न भएको छलफलमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी थिए।
सरकार पक्षबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन्।
संसद पुनर्स्थापनाको माग राख्दै सर्वोच्च अदालत पुगेको एमालेले यता निर्वाचन प्रयोजनका लागि दल दर्तासमेत गरेको छ।
बालुवाटार स्रोतका अनुसार एमाले नेताहरूसँगको छलफल सकारात्मक रहेको छ। एमाले नेताहरूले सरकारले वातावरण बनाए एमालेलाई निर्वाचनमा जान कुनै अप्ठ्यारो नरहेको प्रधानमन्त्रीलाई बताएका छन्।
स्रोतका अनुसार एमाले नेताहरूले छानबिनको नाममा एमालेलगायत राजनीतिक दलका नेताहरूमाथि प्रतिबन्ध लगाउने, निर्वाचनमा रोक्ने प्रयास गरिए निर्वाचन हुन नसक्ने चेतावनीसमेत दिएका छन।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया