आइतबार, २६ अप्रिल २०२६

म चोरेर होइन काम गरेर खान्छु– डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलन जारी रहेको बताएका छन्।  आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काम गरेर खानेलाई चोरेर खानेहरूले जबाफ दिनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामहरि खतिवडालाई डिपीको जवाफ : सुमिरे मेरो कम्पनी हो, भिजिट भिसामा गएका सबै फर्किएका छन्

शनिबारको बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले भिजिट भिसामा नेपालीलाई जापान पठाएर अर्बौं कमाएको बताएका थिए। तर उनले त्यो कम्पनी कस्को हो भनेर भनेका थिएनन्।   सांसद अर्यालले गत ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए। उनले भने, ‘हामीले हाम्रो आन्दोलन आजपनि जारी नै राखेका छौं। यहाँ काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिएर हिँड्नुपर्ने अवस्था आयो।’ उनले मानव तस्करी प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै आएका छन् तर, उनले सदनमा उनीहरूमाथि निराधार आरोप लगाइएको भन्दै आपत्ति जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभामा आज पनि रास्वपा र राप्रपाको अवरोध

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले  संसद् अवरोध गर्दै आइरहेको हाे।  राप्रपाका सांसदहरूले बैठक छाडेर निस्किएका छन् भने रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोहन बस्नेत हाजिर भए विशेष अदालतमा, आजै थुनछेक बहस हुने

एक महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।  यो मुद्दा तामेलीमा छैन। तर बस्नेतले अदालतमा उपस्थित हुन पाउँ भन्दै निवेदन दिएका थिए। उनको बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ।  यसअघि पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि यही प्रक्रियाबाट विशेष अदालतमा उपुस्थित भएका थिए। र सोही दिन उनलाई ३५ लाख धरौटी लिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली मेड्रिट पुगे

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा आइपुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मेड्रिट (स्पेन)

नेपाललाई झाँक्रीको कटाक्ष– मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनगर्ठन गर्न माग गरेकी छिन्। एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै शनिबार तिलोत्तमामा सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष माधव नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पारित होला शिक्षा ऐन?

महासंघको आह्वानमा देशभरिका शिक्षकहरूले काठमाडौंमा एक महिनाभन्दा लामो आन्दोलन गरेका थिए। आन्दोलनकै कारण तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएका थिए। त्यसपछि शिक्षामन्त्री भएका रघुजी पन्तले महासंघसँग सहमति गरेका थिए। उक्त सहमतिअनुसार आजसम्ममा त्यो ऐन प्रतिनिधिसभाले पारित गर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गोबीच  भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा आइतबार उनीहरूबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शीतलनिवासमा धान रोपे राष्ट्रपतिले (तस्वीरहरू)

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए।  रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताए। कृषिलगायत सबैखाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको उनकाे भनाइ थियाे।  उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दही-चिउरा खाने दिन : बजारमा १ अर्ब ४० करोड बढीको दही

असार १५ मा देशभर करीब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। दही चिउरा खानु हाम्रो संस्कृति हो र यस्ता कार्यक्रमलाई सबैले प्राथमितामा राख्नुपर्छ। किसानले उत्पादन गरेको दूध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउन पनि यस्ता खालका कार्यक्रमले सकारात्मक योगदान गर्ने हामीले विश्वास लिएका छौं। ’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धान-चामलको आयात बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति

नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको मनोबल वृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरू गरिएको हो। यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस मनाइँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले फर्किएका विद्याका पाइला अनि ओलीका डर

‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन। जनताको हित नै मेरो ध्येय र लक्ष्य हो। जननेताले भनेझैं जनता भगवान हुन्’  आफ्ना स्वर्गीय पति एंव ‘जननेता’ मदन भण्डारीका शब्दहरू सापटी लिँदै एउटा समारोहमा पूर्वराष्ट्रपति विद्या भण्डारीले भनिन् ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा मलाई गर्व छ। मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२१ जनाको टोली लिएर स्पेन गए प्रधानमन्त्री

कुल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी छन्। स्पेन र न्युयोर्कबाट आठ थप गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेकाे विधेयक पारित भएकाे हाे।  उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले एकजुट छ,ध्वस्त हुँदैन– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे पार्टी एमाले एक भएको र एक रहने बताएका छन्। शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘डिपी अर्यालको ट्राभल्सले जापानको भिजिट भिसाको नाममा अर्बौं लुट्यो’ (भिडओसहित)

सोह्रखुट्टेमा रहेको यो कम्पनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालको हो। सांसद हुनुभन्दा अघि अर्याल एक ब्यापारी हुन्। लामो समय जापानमा बसेका उनले नेपाल फर्केर शिक्षा, स्वास्थ्य र पर्टयन क्षेत्रमा ब्यापार गर्दै आएका थिए। याे ट्राभल्सले जापान, थाइल्याण्डलगयत विभिन्न देशहरूका लागि ‘टुर प्याकेज’ बेच्दै आएकाे छ।  अर्यालले सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कूल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा पनि लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने, वैदेशिक मुद्रा भित्राउने लगायतका काम गरेका छन्। रास्वपाबाट समानुपातिक सांसद भएपछि उनी श्रममन्त्री पनि भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीभित्र बिचलन देखिन थालेका छन्- प्रचण्ड

अध्यक्ष प्रचण्डले हाल पार्टी भित्र देखिएको वैचारिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलनप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई फेरि समाजवादको दिशातर्फ अग्रसर गराउने संकल्पमा सबैले दृढ प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताए।  ‘आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन्, उनले भने, ‘यी सबैसँग जुध्दै समाजवादको यात्रामा अगाडि बढ्न हामी सबै थप प्रतिवद्ध हुनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री रोष्ट्रमा उक्लिए, रास्वाका सांसदहरू बाहिर निस्किए

प्रधानमन्त्री केपी शर्मा ओली बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहिष्कार गरेका छन्। बेल घेरिरहेका उनीहरू प्रधानमन्त्री ओली रोष्ट्रममा उक्लिनासाथ बाहिरिएका हुन्।  लामो समयदेखि उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै वेल घेराउ गरिरहेका छन्।  प्रतिनिधिसभालाई सम्बोधन गरेर आजै प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण जाँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा र राप्रपाले गर्‍यो सदन अवरोध, ओलीलाई बोल्न नदिने

रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै उनीहरूले बैठक अवरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टीभित्र आफ्नो स्वार्थ खाेज्छन्– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्। यस्तै, उनले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तिर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं