बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ।
विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
६ खेलमा तेस्रो जित निकालेको लुम्बिनी ६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लेको छ।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए। निरोशन डिकवेलाले अविजित २९ रन योगदान गरे।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभाष भण्डारीले २/२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो।
विराटनगरका लागि लोकेश बमले ४२ बल खेल्दै ३५ रन जोडे। यस्तै बसिर अहमदले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २८ रन योगदान गरे।
बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले ३ विकेट लिए। जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १/१ विकेट लिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया