बिएल संवाददाता
रवि लामिछानेको विकल्प खोज्ने रास्वपाका नेताहरूलाई झर्रो जवाफ दिएर सामाजिक सञ्जालमा भाइरल भएकी एमाले नेतृ पद्मा अर्याललाई जोडेर एमालेकै नेतृ पद्मा अर्याललाई ईश्वर पोखरेल निकट नेताकार्यकर्ताले ट्रोल गरिरहेका छन्।
शनिबार पार्टी कार्यालय च्यासलमा बसेको एमालेको ११औं महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले नेकपा एमालेको महाधिवेशन देश र पार्टीलाई कार्यदिशा दिने महाधिवेशन भएकोले अहिले अध्ययक्षमा ओलीको विकल्प नरहेको बताएकी थिइन्।
उनले भनेकी थिइन्, ‘यो विषम परिस्थितीबाट पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन। यो अहिलेको आवश्यकता हो। अहिले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो।’
यता ओलीको विकल्प खोजिरहेका संस्थापन इतरका नेता कार्यकर्ताले भने अर्याललाई रास्वपाकी नेतृ ज्वाला संग्रौलासँग तुलना गर्दै आलोचना र ट्रोल गर्न सुरु गरेका हुन्।
रास्वपामा पनि नेतृ संग्रौलाले पार्टीमा फरक मत राख्ने र सभापति रवि लामिछानेको विकल्प खोज्ने नेताहरूमाथि खनिने गरेको भन्दै आलोचना हुने गरेको छ।
रास्वपा छोड्ने नेताहरूले ज्वाला लगायतको व्यवहारबाट आजित भएको टिप्पणी गर्ने गरेका छन्।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया