बिएल संवाददाता
केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायका बारेमा गरेको टिप्पणीले मुस्लिम समुदाय आक्रोशित भएका छन्।
जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुस्लिम अगुवा मुफ्ती मो. उस्मान बरकाती काजिए नेपालले आपति जनाएका छन्। प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले धर्मअनुसार कुनै समुदायलाई अपहेलित गर्नु गलत रहेकाले आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने उनले बताए।
प्रधानमन्त्री कार्कीले इस्लामिक कानून विपरित दिएको उक्त अभिव्यक्तिले इस्लाम धर्मलाई अपहेलित गरेका समग्र मुस्लिम समुदायको चित दुखेको उल्लेख गर्दै उनले माफी माग्नुपर्ने उस्मानको भनाइ थियो।
प्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहीन, अपमानजनक र सामाजिक सद्भाव विपरीत होच्याउने खालको अभिव्यक्ति दिनु गलत रहेकाले तत्काल सार्वजनिक माफी माग्नुपर्ने नभए मुस्लिम समुदाय संघर्षमा जाने चेतावनी समेत उनले दिए।
उनले भने, ‘प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्ति मुस्लिम महिलालाई जलाउने र गाड्ने लगायतका इस्लामिक कानून आउनु अघिको थियो। तर इस्लामिक कानून आएपछि त्यो अवस्था परिवर्तन भइसकेको छ। जहाँसम्म शिक्षाको कुरा अहिले सबै देशले स्वतन्त्रता दिइसकेको छ। यसमा तथ्यहिन अभिव्यक्ति दिनु गलत हो।’
उनले इस्लाममा महिलालाई पढाई लेखाई गर्न कुनै बन्देज नलगाएको प्रष्ट पारे।
सम्भव भएसम्म केटा र केटीलाई छुट्टै बसाएर पढाउन भनिएको तर सम्भव नभएको अवस्थामा एकै ठाउँमा पनि बसाएर पढाउन सकिने उनले बताए।
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया