बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा लुम्बिनी लायन्सले दोस्रो जित हात पारेको छ। लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो।
लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए। एनपीएलमा डेब्यु गरेका श्रीलंकन ब्याटर निरोशन डिकवेलाले ३७ रन बनाउँदा सन्दीप जोराले अविजित २५ रन बनाए।
बलिङमा पोखराका विपिन खत्री, म्याट टेलर र सागरढकालले समान दुई/दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो।
विकेटकिपर ब्याटर एडम रोसिङगटन र जीमी नीशमले अर्धशतकमा १५० रन बनाएको थियो।
पोखराका लागि ओपनर एडम रोसिङ्गटनले सर्वाधिक ८१ रन बनाए। यस्तै जिमी नीशमले अविजित ५१ रन बनाए।
बलिङमा लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए।
जितसँगै पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया