बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा लुम्बिनी लायन्सले दोस्रो जित हात पारेको छ। लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो।
लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए। एनपीएलमा डेब्यु गरेका श्रीलंकन ब्याटर निरोशन डिकवेलाले ३७ रन बनाउँदा सन्दीप जोराले अविजित २५ रन बनाए।
बलिङमा पोखराका विपिन खत्री, म्याट टेलर र सागरढकालले समान दुई/दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो।
विकेटकिपर ब्याटर एडम रोसिङगटन र जीमी नीशमले अर्धशतकमा १५० रन बनाएको थियो।
पोखराका लागि ओपनर एडम रोसिङ्गटनले सर्वाधिक ८१ रन बनाए। यस्तै जिमी नीशमले अविजित ५१ रन बनाए।
बलिङमा लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए।
जितसँगै पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया