बिएल संवाददाता
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ६ विकेटले जित हासिल गरेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनपुरले दिएको २४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरको खेलमा ४ विकेट गुमाउदै पूरा गर्यो।
सुदूरपश्चिमको जितमा इशान पाण्डेले सर्वाधिक ५६ रन बनाए। विनोद भण्डारीले ४२ रन बनाए।
बलिङमा जनपुरका माज सदाकतले २ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन।
बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले सर्वाधि ४ विकेट लिँदा स्कट कुगेलजिनले ३ विकेट लिए।
सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित छ। सुदूरपश्चिम ५ खेलमा सबै जित जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ।
जनकपुर बोल्ट्सको यो चौथो खेल हो। जनकपुरले यसअघि कुनै पनि खेल जितेको छैन।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया