‘राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ’

बिएल संवाददाता

गाईघाट (उदयपुर)

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताएका छन्।

उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको बिहिबार सालिक अनावरण गर्दै सभामुख घिमिरेले थापाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताएका छन्।

उदयपुरको माटोमा जन्मिनुएका थापा २००७ सालको  प्रजातान्त्रिक योद्धाका साथै गान्धिवादी नेता भएको उनले उल्लेख गरेका छन्। 

विसं २००७ मा राणा शासनविरुद्ध लड्नुभएका थापाले प्रजातन्त्र स्थापनापछि स्वदेशमा उत्पादन गरिएको कपडा लगाउने भन्दै विराटनगर जुटमिलबाट उत्पादित लुगा मात्र लगाउनुभएको सभामुख घिमिरेले स्मरण गरेका छन्।

प्रकाशित मिति: : 2024-02-16 06:07:00

प्रतिकृया दिनुहोस्