बिएल संवाददाता
नेपाल जारी साफ यू- १६ महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ।
ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को लज्जास्पद हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो।
जारी प्रतियोगितामा भारतको यो दोस्रो जित हो। भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो। भने, दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो।
यो जितपछि भारतको ३ खेलमा ६ अंक भएको छ र फाइनल खेल्ने निश्चित भएको छ।
नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो। भने, दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। यो हारपछि नेपालको ३ खेलमा ३ अंक रहको छ।
अब समूह चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटान खेल्न बाँकी रहे पनि फाइनलमा भारत र बंगलादेश खेल्ने निश्चित भएको छ।
फाइनल खेल आइतबार हुने छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया