बिएल संवाददाता
नेपाल जारी साफ यू- १६ महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ।
ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को लज्जास्पद हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो।
जारी प्रतियोगितामा भारतको यो दोस्रो जित हो। भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो। भने, दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो।
यो जितपछि भारतको ३ खेलमा ६ अंक भएको छ र फाइनल खेल्ने निश्चित भएको छ।
नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो। भने, दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। यो हारपछि नेपालको ३ खेलमा ३ अंक रहको छ।
अब समूह चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटान खेल्न बाँकी रहे पनि फाइनलमा भारत र बंगलादेश खेल्ने निश्चित भएको छ।
फाइनल खेल आइतबार हुने छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया