म भैंसी दुहुन अमेरिका गएकाे हाेइन: ओली

File Photo
File Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जलवायु परिवर्तनपछि  नेपालजस्ता अल्पविकसित देशहरूले भाेगेकाे समस्याका बारेमा विश्व समुदायमाझ कुरा पुर्‍याएर फर्किएकाे बताएका छन्। 

अमेरिकाबाट फर्केपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले विश्व समुदायले नेपालजस्ता देशहरूले राखेकाे कुरा सुनेकाे र त्यसकाे प्रभाव चाँडै देखिने पनि बताए। 

‘म कुनै भैंसी दुहुन गएर दुध लिएर आएँ भनेजस्ताे हाेइन। हाम्रा बिचारहरू त्यहाँ राख्न गएकाे हुँ। राखियाे। जलवायु परिवर्तन र यसका असर भनेका कुनै एउटा देशकाे मात्रै कुरा हाेइन। सबै कुरा राखेका छौं’ उनले भने ‘अल्प विकसित देशहरूले धेरै समस्याहरू भाेगिरहेका छन्। हामीले जुन जुन देशहरूले यसरी बिगारेका छन्। उनीहरूले नै सपारेका छन् भन्ने छ। हामीले त्यसै भनेर आएका छौं।’

प्रकाशित मिति: : 2024-09-30 17:12:00

प्रतिकृया दिनुहोस्