बिएल संवाददाता
मेक्सिकन सैनिकहरूले गोली चलाउँदा ग्वाटेमालाको सिमानामा ६ जना आप्रवासी मारिएका छन्। समाचार एजेन्सी रोटर्सका अनुसार बुधबार राति सिमाना पार खोजेको एउटा ट्रकमाथि सैनिकले गोली चलाएका थिए।
उक्त ट्रकमा ३३ जना आप्रवासी थिए। ती मध्ये चार जना घटनास्थलमा र दुईजनाको उपचारको क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ। उक्त ट्रकमा इजिप्टियन, नेपाली, क्यूवाली, भारतीय, खाडी र पाकिस्तानी नागरिकसमेत थिए।
उक्त घटनालाई मेक्सिकोको रक्षा मन्त्रालयले पनि पुष्टि गरिसकेको छ। मेक्सिको छिर्ने यो सिमानामा अधिकांश आपराधिक समूहसँग सुरक्षाकर्मीको भीडन्त भइरहन्छ। मेक्सिको सरकारले पनि आपराधिक समूह ठानेर सिमानामा तैनाथ भएका सैनिकले गोली चलाएको जनाएको छ। तर उनिहरूसँग कुनै हात हतियार नभएको सुरक्षा नियकाले जनाएको छ।
तल्लोबाटोबाट अधिकांश आप्रवासीहरू पानामा, कोस्टारिका, निगरागुवा, हुन्डुरस, ग्वाटेमालाबाट मेक्सिको हुँदै अमेरिका छिर्ने रुट हो।
याे घटनामा अरु १० जना घाइते भएका छन्। ट्रकमा रहेका बाँकी आप्रवासीहरूलाई मेक्सिकोको अध्यागमन विभागकाे जिम्मा लगाइएकाे छ।
मारिनेमध्ये चारजना पुरुष छन्। दुईजना महिलामध्ये एकजना बालिकासमेत रहेकाे सुरक्षा निकायले जनाएकाे छ।
सैनिकले आपराधिक समूह ठानेर गाोली चलाएकाे भनिएपछि आप्रवासी तथा श्रमिक अधिकारमा क्रियाशील विभिन्न सातवटा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले निशस्त्र आप्रवासीहरूमाथि गोली हानिएकाे भन्दै घटनाकाे निन्दा गरेका छन्।
उनीहरूले सिमानामा तैनाथ भएका सैनिकहरूले झुक्किएर नभइ आप्रवासीहरूलाई छिर्न नदिने नीतिअनुरुप उनीहरूलाई राेक्नका लागि गाेली चलाइएकाे दाबी गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया