अर्घाखाँची अस्पतालकी नर्सिङ अफिसरलाई राजनीतिक दबाबमा सरुवा गरियाे- रास्वपा

Break n Links
Break n Links

अर्घाखाँची अस्पतालकी नर्सिङ अफिसर सुनिता आचार्यकाे सरुवा भएकाेप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले आपत्ति जनाएकाे छ। रास्वपाले आचार्यकाे सरुवा राजनीतिक दबाबमा भएकाे भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएकाे हाे।

‘अस्पतालको नर्सिङ्ग स्टेशनमा नर्सिङ्ग अफिसर सुनिता आचार्यको आगमनले नर्सिङ्ग स्टाफहरुमा उत्साह त भरिएको थियो नै, आम विरामीहरुले नै अनुभूति गर्नेगरी सुधार भइरहेको थियो’, सभापति हरि भुसालले हस्ताक्षर गरेकाे विज्ञप्तिमा उल्लेख छ, ‘दुई वर्षको लागि काजमा आउनुभएकी एमएस्सी नसिङ्ग गर्नुभएकी सातौ तहको कुशल योग्य अनि सक्षम कर्मचारीलाई राजनीतिक दबाबमा ९ महिनामै बर्दिया सरुवा गरियो।’

छिमेकी जिल्लाहरुमा समेत नर्सिङ्ग अफिसर रिक्त भएको अवस्थामा गम्भिर अपराध गरेका कारण कारबाही गरिए जसरी बिनाकुनै कारण एकाएक भएको सरुवाले अस्पतालमा काम गर्ने कर्मचारीहरुको मनोबलसमेत निकै कमजोर भएको रास्वपाकाे ठहर छ।

अर्घाखाँची अस्पताललाई थप दक्ष जनशक्ति व्यवस्थापन गरी गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा शीर्ष नेतृत्व नै गैरजिम्मेवार ढंगले अगाडि बढ्नु जिल्लाको लागि दुखद् विषय भएकाे विज्ञप्तिमा उल्लेख गर्दै रास्वपाले भनेकाे छ, ‘स्वास्थ्य क्षेत्रमा भएको खुलेआम राजनीतिको हामी घोर निन्दा गर्दै आचार्यको सरुवा तत्काल रोक्न प्रदेश सरकारसँग जोडदार माग गर्दछौं।’

यस्ताे छ, विज्ञप्ति:

अस्पताल प्रमुख जगन्नाथ तिवारी सहितको टिमले अर्घाखाँची अस्पतालमा केही सकारात्मक प्रयास गर्दै थियो। जिल्ला अस्पताल पहुँच नहुने जनताको अस्पतालको रुपमा विकास हुदैथियो। आम अर्घाखाँचीवासीले जिल्ला अस्पताललाई एउटा भरोसाको रुपमा बुझ्ने अवस्था वनेको थियो।

अझ अस्पतालको नर्सिङ्ग स्टेशनमा नर्सिङ्ग अफिसर सुनिता आचार्यको आगमनले नर्सिङ्ग स्टाफहरुमा उत्साह त भरिएको थियो नै, आम विरामीहरुले नै अनुभूती गर्नेगरी सुधार भैरहेको थियो। देखिनेगरी भइरहेको परिवर्तनले केही मान्छेहरुलाई घोच्यो अनि नर्सिङ्ग अफिसर सुनिता आचार्य रहेसम्म मेरो दवदवा रहन्न भन्ने निष्कर्ष निस्कियो।

त्यसपछि दुई वर्षको लागि काजमा आउनुभएकी एम एस्सी नसिङ्ग गर्नुभएकी सातौ तहको कुशल योग्य अनि सक्षम कर्मचारीलाई राजनीतिक दबाबमा ९ महिनामै बर्दिया सरुवा गरियो। छिमेकी जिल्लाहरुमा समेत नर्सिङ्ग अफिसर रिक्त भएको अवस्थामा गम्भिर अपराध गरेका कारण कारवाही गरिएजसरी विना कुनै कारण एकाएक भएको सरुवाले अस्पतालमा काम गर्ने कर्मचारीहरुको मनोवल समेत निकै कमजोर भएको छ। जुन निन्दनिय अनि खेदजनक छ। अर्घाखाँची अस्पताललाई थप दक्ष जनशक्ति व्यवस्थापन गरि गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा शिर्ष नेतृत्व नै गैरजिम्मेवार ढंगले अगाडी बढ्नु जिल्लाको लागि दुखद् बिषय हो। स्वास्थ्य क्षेत्रमा भएको खुलेआम राजनीतिको हामी घोर निन्दा गर्दै आचार्यको सरुवा तत्काल रोक्न प्रदेश सरकारसंग जोडदार माग गर्दछौं।

हरिप्रसाद भुसाल

सभापति

प्रकाशित मिति: : 2024-10-05 10:23:00

प्रतिकृया दिनुहोस्