प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त पत्रकार सम्मेलन गर्दै

बुधबार चारदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावादमा भेटवार्ता जारी छ।

दुई देशको प्रतिनिधिमण्डलबीचको भेटपछि हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैछन्।

दुई देशका प्रधानमन्त्रीबीचको भेटमा विद्युत् व्यापारका लागि भारतसँग २५ वर्षको सम्झौता, महेन्द्रनगरबाट हवाई रुट र महाकालीको पानी बाँडफाँटसहित पञ्चेश्वर परियोजनाको टुंगोका विषयमा छलफल हुनेछ।

प्रधानमन्त्रीस्तरीय भेटपछि पत्रकार सम्मेलनसँग प्रचण्ड आज (बिहीबार) दिनभर व्यस्त रहेछन्। पत्रकार सम्मेलनपछि प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्।

यस्तै प्रचण्डले आजै भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन्।

प्रकाशित मिति: : 2023-06-01 12:08:00

प्रतिकृया दिनुहोस्