अन्यायका साथ सत्ता हत्याउने सैन्य जुन्ता हामीहरूले जित्नैपर्छ!
जनसरकारका लागि जनमास आफ्नो जीवन आहुति दिँदै तानाशाही जित्दै छन्। 'क्रू'विरूद्ध जनता आन्दोलित बनिरहेका छन्।
देशभर नागरिक अवज्ञा आन्दोलन सफलता पाइरहेकाे छ। सैनिकका लागि जस्तोसुकै कदम चाल्न पनि पछि परेका छैनन्– युवा, युवती।
विश्वको समर्थन पाएका छौँ। हतियार मात्र चलाउन जान्ने। तर, सत्ता भोगी बन्दुक हल्लाउदै जनताको सत्ता फिर्ता दिन नखोज्नेहरूका लागि म्यान्माली उठिसकेका छन्। दैनिकजसो युवाहरू भन्छन्- सैनिकको बन्दुकलाई जित्न बन्दुक चलाउन नपरोस्। उस्तै परे सैन्य आतंक रोक्न हतियारै देखाउने छौँ।
७० वर्षसम्म जनताको रगत र पसिनाले आर्जेकाे सम्पत्तिले हतियार जम्मा गर्यौं। तिनै हतियारले निर्दोष नागरिक मारिरहेको छ। क्रूर शासकको रजगत धेरैदिन टिक्नेवालै छैन। जनताले भन्न थालेका छन्– सन् २०२१ साल नै अन्तिम साल हुनेछ।
जनविद्रोहले स्वतन्त्रा र प्रजातन्त्र पाउँनेछ। दिनहुँ प्रदर्शनमा सहभागी बर्मेली नागरिकहरू सैन्य 'कू'को अन्त्यका लागि तम्तयार छन्। हामीहरू सफल हुने छौँ।
सन् २०२० को चुनावमा कुनै पनि पार्टीलाई समर्थन नगरेको एक अन्तर्राष्ट्रिय संगठन 'एसियन नेटर्वक फर फ्री इलेक्सन' ले मे १७ मा रिपोर्ट सार्वजनिक गरेको थियो। सार्वजनिक पत्रमा निर्वाचन अघिको दृश्यलाई मसिनो गरी विश्लेषण गरिएको छ।
म्यान्माली जनताका सपना र ईच्छाहरूलाई फराकिलो र गहन प्रतिनिधित्व गरेको छ। एकातिर कोरोना महामारीको कहर र अर्कोतिर प्रजातन्त्रमाथि सैनिकको कू–दृष्टि विल्कुलै डर लाग्दो देखिन्थ्यो।
कोभिड–१९ हुँदाहुँदै पनि मतदान केन्द्रमा जिम्मेवारी वहन गरेका केन्द्र प्रमुखलगायत चुनावी कार्यमा खटिएका स्वास्थ्यकर्मीहरूको सहयोग, सहभागिता र अथक प्रयासले लाखौँ जनताहरूले रमाई–रमाई मतदानमा सहभागी बने। उनीहरूको सपना नै सपना थियो– प्रजातन्त्र। प्रजातन्त्र मात्रै कहाँ हो र पूर्ण प्रजातन्त्र।
म्यान्माली जनताको दैनिकीसँग जोडिएका कागजहरूले भरिएका थिए– मतपेटिका। त्यहाँ खाली कागज मात्रै थिएनन्। कागजभित्र जन–जनको महत्वपूर्ण सन्देश र प्रतिनिधिका लागि वैधानिक कानून समेत थियो। देशको संविधानमा विश्वास गर्नेहरू कागजमा पनि भरोसा गर्छन्।
नागरिकको भोट बाकसमा नभरिँदै- सैनिक प्रतिनिधिहरू चुनावकै दिन अत्तालिनको गाइँगुइँ हल्ला नचलेको पनि होइन। तर, सबैमा विश्वास थियो, सैनिकले जनताको अधिकार च्यात्न सक्तैन।
लाग्थ्यो- ऊ निर्वाचनबाट प्राप्त नतिजाको अपमान गर्नै सक्तैन। र, मत परिणम जनताकै पक्षमा आयो। नेशनल लिग फर डेमोक्रेसीले संसदमा बहुमत सीट जित्यो। गाउँ–शहरमा उमंग छाइसकेको महसुस हुन्थ्यो।
उत्साह मनाउन नपाउदै फेब्रुअरी १–मा पुनः म्यान्माली थलिए। सैनिकले राजनीतिक 'कू' गर्यो। प्रजातन्त्रमाथि छुरा हान्यो। स्वतन्त्रता हनन भयो।
नागरिकको भाग्य र भविस्यमा तगारो बनिरहेको तानाशाही बन्दूकधारी न संविधान मान्छ। न त जनमतको कदर नै गर्छ। ऊ केवल तमासा मात्रै गर्छ। त्यो पनि देशलाई लात मारेर, नीजि स्वार्थका लागि। जनताको साझा सम्पत्तिमाथि उसैको हक लाग्छ। तर, मौन बस्नुपर्ने बाध्यता छ।
नेतृत्वपंक्तिले जन–जनको मन जित्यो। लाखौँ मतदाता मतदानमा भाग लिए। राजनैतिक र कूटनैतिक ढङ्गले चुनाव जित्यौँ। प्रजातन्त्रले जित्नुपर्छ। अब हामीले जित्ने नै छौँ। जित्छौँ पनि।