
जलेको सिंहदरबार
बिएल संवाददाता
बेलायतमा ६४ कलेजहरूका १ सय ८० भन्दा बढी छैठौं–फार्मका विद्यार्थीहरूले दिगोपना र वातावरणले चुनौतीहरू प्रतिबिम्बित गर्ने अनलाइन कला प्रदर्शनी 'प्लानेट फ्युचर' प्रस्तुत गरेका छन्।
प्रदर्शनीले विद्यार्थीहरूको भविष्यको बारेमा आशा र डरलाई देखाउन खाेजिएकाे थियाे। जहाँ उनीहरूले विशाल रचनात्मकता र नवीनता प्रस्तुत गरेका थिए। प्रदर्शनीको संयोजन गर्ने छैठौं फारम कलेज एसोसिएसन (एसएफसिए)का प्रमुख कार्यकारी बिल वाटकिनले यी कार्यहरूले हाम्रो जलवायु र वातावरणको बारेमा युवाहरूले कस्तो महसुस गरिरहेका छन् भन्ने संकेत गरेकाे बताएका छन्।
यदि युवाहरूले समाजमा साँच्चिकै महत्वपूर्ण योगदान दिन चाहन्छन् र उनीहरू सफल वैज्ञानिक, इन्जिनियर, डाक्टर र प्राविधिक बन्न चाहन्छन् भने आफ्नो रचनात्मक सीप, उनीहरूको कलात्मक संवेदनशीलता र अरूसँग अन्तरक्रिया गर्ने क्षमताको विकास गर्नुपर्ने वाटकिनको भनाइ थियाे।
प्रस्तुत छ प्रदर्शनीमा छनाैट भएका केही तस्बिरहरू:
– बीबीसीबाट
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया