‘एक हजारभन्दा बढी नेपालीहरूको दुबईमा घर छ’ (भिडियोसहित)

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचार गरेर कुम्ल्याएकाे पैसाबाट एक हजारभन्दा बढी नेपालीहरूले दुबईमा घर किनेकाे बताएका छन्।

सगरमाथा टेलिभिजनको एउटा अन्तर्वार्तामा उनले नेपालमा भ्रष्टाचार गरेको पैसा दुबई, सिंगापुर, भारत, जापान लगिएको आरोप लगाएका छन्।

नेपाली दल र दलका नेताहरूले भ्रष्टाचारीलाई थामथुम पर्न खोजिरहेको उनले आशंका व्यक्त गरेका छन्। ‘भ्रष्टाचार सबैतिर छ,’ अमरेशले भने, ‘लोकतन्त्र, गणतन्त्र भन्दा भ्रष्टाचारतन्त्र राख्दा हुन्छ।’

नेपालीहरूले दुबईमा किनेकाे घर भ्रष्ट नेता, कर्मचारी, सेना–पुलिसहरूकाे भएको उनले खुलासा गरेका छन्। ‘२०६३ सालपछि जुन भ्रष्टाचार भइरहेको छ, त्यो छानबिन हुनुपर्छ,’ उनले भने।

भ्रष्टचारको मूख्य नायक राजनीति दल भएको बताएका छन्। ‘राजनीतिक भ्रष्टाचारबिना ठूलो भ्रष्टाचार हुनसक्दैन,’ अमरेशले भने।

‘सर्वदलीय भ्रष्टाचार’को गाँठो फुकाउन सदनमा निर्वस्त्र भएँ– अमरेशकुमार सिंह

प्रकाशित मिति: : 2023-05-09 07:21:00

प्रतिकृया दिनुहोस्