‘सर्वदलीय भ्रष्टाचार’को गाँठो फुकाउन सदनमा निर्वस्त्र भएँ– अमरेशकुमार सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सभामुख देवराज घिमिरेसँग दुई मिनेट बोल्ने समय माग्दा नदिएपछि प्रतिनिधिसभा बैठकमा निर्वस्त्र भएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको सुरुवातमै अर्धनग्न भएर बाहिरिएका सिंहले सभामुखको पोल्ने शैलीको बिरोध गरेको बताए।

पहिले नै सभामुखसमक्ष बोल्ने आकस्मिक समय माग गरेको र नदिए आन्दोलनको अन्तिमहदसम्म पुग्न सक्ने जानकारी गराउँदा समेत समय नदिएपछि निर्वस्त्र भएको उनले बताए।

यस्तो छ, संसद बैठकबाट बाहिरिएपछि सिंहले दिएको प्रतिक्रिया :

मैले पहिलै बोल्न दुई मिनेट मागेको थिएँ। उहाँ (सभामुख)लाई मैले पहिला नै भनेको थिएँ, समय दिनुभएन भने प्राटेस्टको अन्तिम अवस्थासम्म जान्छु र मैले भने शब्दमा पनि भनेको थिएँ अन्तिम भए मैले कपडा खोल्छु, किनकि मेरो लागि संदन निर्वस्त्र हुन्छ, जनताको लागि संसद निर्वस्त्र हुन्छ।

नेपाली जनता भ्रष्टाचारको कारणले यो दलातन्त्रको कारणले, यो बिचौयाको कारणले विदेशिन बाध्य भइरहेका छन्, नग्न दिन प्रतिदिन भइरहेका छन्, नग्न खाली वस्त्रले होइन आर्थिक रुपले, शिक्षाको रुपले, गरिबीको रुपले। दिन प्रतिदिन नेपाली जनता गरीब हुने, दिन प्रतिदिन नेपाली जनताको शिक्ष समाप्त हुने, बिचौलियाको हात समातेपछि कुनै नेता वा भ्रष्टाचारीलाई किन कारबाही भएन ? यी सर्वदलीय भ्रष्टाचारको कारणले।

मैले सर्वदलीय भ्रष्टाचारको गाँठो फुकाउनको लागि मैले संसदको ध्यान नेपाली जनताको ध्यान आकर्षित गर्न खोजेको थिएँ र मैले पहिलै भनेको थिएँ, बोल्ने समय भएन भने नेपाली जनतको लागि यो सदन निर्वस्त्र हुन्छ र म अर्धवस्त्र हुन्छु।

प्रकाशित मिति: : 2023-05-08 12:50:00

प्रतिकृया दिनुहोस्