दिपा धिताल
देशका धेरै निर्वाचनहरूमा गठबन्धनका नाममा कानुनमा छिद्र खोजेर महिला अधिकार कुन्ठित गरिएको छ। अर्कोतिर प्रायः सबै दलले महिलालाई प्राथमिकतामा राखेको पाइदैन। कानुनलाई समेत चक्मा दिँदै विधिवत् गरिएका राजनैतिक खेलले पटक-पटक आधा बढी जनसंख्या ओगटेका महिलालाई सहभागितामा पछाडि पार्दै ल्याएका छन।
सहरमा मात्र नभएर दुर्गमका स्थानीय तहहरूमा समेत महिलाको सहभागिता न्यून रहेको तथ्याङ्क। आफैंले बनाएको विधिलाई विधिवत् कुल्चेका दलहरूले गरेको हर्कत विरुद्ध राजनीति गर्ने महिलाहरूले माउपार्टीका कारण आवाज उठाउन नसकेको अवस्था देखिन्छ।
योगदान र त्यागको कदर नगरी जनमतको दम्भ पालेर गरिने शासनले समाज परिवर्तनमा गतिलो भूमिका नखेलेको इतिहास साक्षी छ। घरछेउमा सबैले देख्न, भेट्न र छुन सक्ने भनिएको सरकारमा महिलाको गतिलो प्रतिनिधित्व नहुँदा सामाजिक समस्याहरू फेरि पनि ओझेल परेको अवस्था हामीले छर्लंग देखिरहेका छौ।
नारा, भाषण र घोषणा पत्रमा अटाउने महिला अर्थपूर्ण सहभागिताका लागि परिपक्क छैनन् जस्तो गरेर सुरु गरिएको निर्वाचनको प्रकृया विधिमा अडिएको भए पनि व्यवहार संगत छैन। आफैंले बनाएको कानुनको छातीमा लात टेकेर आम महिलाको अपमान गरी वा र जस्ता शब्दले पछाडि धकेली महिलाको हक र अधिकारलाई कुचेल्दै हरेक क्षेत्रमा पुरुषकै हाली मुहाली रहेको देखिन्छ।
संविधानले महिलाहरूका लागि समानताको हक सुनिश्चित गरे पनि त्यहाँ पुग्न धेरै काम गर्नु पर्नेछ भन्ने अहिलेको स्थितिले देखाउँछ। उदाहरणका लागि संविधानमा समानुपातिक समावेशी सहभागिताको प्रत्याभूति हुँदाहुँदै पनि दोस्रो स्थानीय तहको निर्वाचनमा ७ सय ५३ स्थानीय तह मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन्। यो सङ्ख्या भनेको कुल निर्वाचित सङ्ख्याको ३.३२ प्रतिशत मात्रै हो। त्यसैगरी प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ २ सय २५ जना महिला निर्वाचनमा आएपनि ९ जना महिला मात्रै निर्वाचित भए।
देशका सबै प्रदेशमा प्रदेश प्रमुख पुरूष छन् भने राष्ट्र सञ्चालनका प्रमुख पद प्रधानमन्त्रीको जिम्मेवारीमा पनि सधैं पुरूषले नै स्थान लिएका छन्। राष्ट्रपति, उप-राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुरूष-महिलाको वैकल्पिक सिट र संसदको दुवै सदन, मेयर र उपमेयर जहाँ दुई मध्ये एक महिला हुनुपर्छ भन्ने व्यवस्थालाई समेत ‘गठबन्धन’ को प्रकृयाबाट र ‘वा’ जस्ता शब्दावलीको प्रयोगले महिलाको राजनीतिक सहभागितालाई पाखा लगाउने काम भएको छ।
समाजमा हरेक तहमा रहेको संरचनागत असमानताका कारण महिलाहरूको श्रोत र साधन माथिको पहुँच र नियन्त्रण हुन सकेको छैन। महिलाले गर्ने घरेलु तथा सेवामूलक कामलाई कर्तव्यको दायरामा बाँध्दै उत्पादनका साधनहरूमा पहुँच सिमित गरिएको छ। महिलाले हरेक क्षेत्रमा गर्ने श्रमलाई अवमूल्यन गर्दै महिलाको पहिचान दोस्रो दर्जामा सीमित गराइएको छ।
महिलाले गरेका कार्यले देशको कूल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको भएपनि सोबमोजिम गणना गरिएको छैन। अहिलेको अवस्थामा पनि हरेक दिन महिला कुटपिट र बलात्कारको सिकार हुनु परेको एथार्थ हाम्रो सामु छ। हरेक परिपाटी तथा हरेक क्षेत्रबाट महिलालाई दोस्रो दर्जाको रुपमा स्थापित गरिरहेको छ। यसरी हेर्दा महिलाले प्रमुखको भुमिका निर्बाह गर्नै सक्दैनन। यी जहिले पनि दोस्रो दर्जाको हुन, दोस्रो दर्जामा नै स्थापित गर्नुपर्छ भन्ने मानसिकता हाम्रो समाजको रहिरहेको देखिन्छ।
यो अवस्थालाई मध्यनजर गरी आत्मस्वाभिमान, आत्मसम्मानसहितको विकासलाई कसरी अगाडी लैजाने अनि राज्यको हरेक तहमा महिलालाई निर्णायक र अर्थपूर्ण भुमिकामा ल्याउने उदेश्यका साथ राज्यका हरेक तहमा निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु गरिएको हो।
महिलावादी मञ्च गठन गरी पूर्व मेची र पश्चिम महाकालीबाट सुरु गरेर हरेक जिल्ला जिल्लामा बस, पैदल, टेम्पु यात्रा गर्दै विभिन्न स्थानिय तहका वडासम्म पनि यो अभियान आमुल परिवर्तन गर्दै महिलाको नेतृत्व बढाउन अगाडी बढाइएको हो। राज्यका सबै तहमा महिलाको समतामुलक र प्रतिनिधि सहभागिता अनिवार्य बनाउने र आउदो निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष हो।
यो अभियान २०८० देखि सुरु गरी २०८४ साल सम्म सञ्चालन गरिने छ। खास गरी अभियानले न्यायीक समतामुलक समाजको निर्माण गर्न टेवा पुर्याउने छ। जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहनेछ। अभियानका परिकल्पनाकार नागरिक आवाज ललितपुरका सस्थापक रिता थापा लगायतका महिलावादी अभियानकर्मीले नेतृत्व लिएर सुरु गरिएको अनुपम अभियान यतिबेला देशव्यापी संचालन रुपमा संचालन भईरहेको छ।
अन्तर-पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले पनि विभिन्न समय र स्थानमा नेतृत्वदायी भुमिका खेल्दै आएको छ। यसैबीच शनिबार स्थानीय अन्य संघ सस्थाको सहकार्यमा अभियान ‘अनुपम यात्रा’ दाङको लमही हुँदै काठमाडौंसम्म पुगेको छ।
द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले कञ्चनपुरको महकालीबाट सुरु गरेको यात्रालाई नेपाल महिला सामुदायिक सेवा केन्द्रले लमहीमा स्वागत गर्दै एक औपचारिक कार्यक्रम गरिएको थियो। दुई संस्थाको सहकार्यमा लमही हुँदै बुद्ध जन्मभुमी लुम्बीनीमा र्याली गरी रुपन्देहीको भैरहवामा नमुना एकीकृत विकास परिषदको स्वागतपछि आईतबार बिहान चितवनको गैडाकोटबाट निस्केको र्याली नारायणघाटको भाटभटेनी चोकमा एक औपचारिक कार्यक्रममा परिणत भएको थियो।
आईतबार नै चितननबाट काठमाडौं निस्केको अनुपम यात्रा चन्द्रागिरीको थानकोटमा एक औपचारिक कार्यक्रम गर्दै ललितपुरस्थित नागरिक आवाजको कार्यालयमा पुगी औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको थियो। ‘महिला नै पहिला’ भन्ने मुल उद्देश्यले सुरु गरिएको अभियान अन्तर्गत देशभर सयौं अनुपम यात्रा गरिएका छन भने अभियानहरू २०८४ सम्म निरन्तर चलिरहने छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया