भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको आत्महत्या प्रकरणमा छानबिनको माग गर्दा नेपाली विद्यार्थीहरूमाथि ज्यादति भएको छ।
बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या शंकास्पद रहेको त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले बताएका छन्। प्रकृतिलाई सोही विश्वविद्यालयमा अध्ययनरत एक छात्राले बारम्बार मानसिक तनाव दिइरहेको खुलेको छ।
उनीहरूको सम्बन्धमा तनाव आएपछि केटा साथीले मानसिक तनाव दिएपछि उनले विश्वविद्यालय प्रशासनमा एक महिना अघि नै उजुरी दिएको उनका साथीहरूले बताएका छन्। प्रशासनले ती छात्रलाई कारबाहीको सट्टा नेपाली विद्यार्थीहरूमाथि विभिन्न आरोप लगाउँदै कलेज छाड्न दवाब दिएको खुलेको छ।
नेपाली छात्राको आत्महत्यापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेपछि उनीहरूमाथि कुटपिट भएको छ। नेपाली विद्यार्थीहरूलाई होस्टल छाड्न निर्देशन आएको पत्रकार स्नेहा झाले सामाजकि सञ्जालमार्फत बताइन्।
भिडियो-
पत्रकार झाका अनुसार जबरजस्ती होस्टलबाट निकाल्दै नेपाली छात्रहरूलाई रल्वे स्टेसनमा पठाइएको छ। र, सबैको फोन फुटाइएको छ। गर्ल्स होस्टलमा रहेका विद्यार्थीहरूलाई पनि खाना खान दिएको छैन।
नेपाली विद्यार्थीहरू रातभर रेल्वे स्टेसनमा खुला आकाशमुनि बस्न बाध्य भएका छन्।