बिएल संवाददाता
गत चैत २९ गते काठमाडौंको बागबजारस्थित एक गेष्ट हाउसमा एक युवतीको शव फेला परेको थियो। नुवाकोटको सुर्यगढी नगरपालिका-१ घर भइ काभ्रेस्थली बस्दै आएकी २८ वर्षीया विमला तामाङको शव गेष्ट हाउसको कोठमा सडेगलेको अवस्थामा फेला परेको थियो।
पोस्टमार्टम रिपोर्टमा ती महिलाको बलात्कारपछि हत्या भएको खुलेको छ। उनको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराले बताए। उनी हिजो मंगलबार पक्राउ परेका हुन्।
पन्त भूपू भारतीय सैनिक रहेको खुलेको छ। उनी विवाहेत्तर सम्बन्धमा पनि रहेको खुलेको छ। उनी मृतक युवतीसँगै उक्त गेष्ट हाउसमा बसेका थिए।
युवतीको बलात्कारपछि हत्या गरेर पन्त भारत भागेका थिए। भारतबाट नेपाल फर्किएका पन्तलाई प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको हो।
घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ।
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया