वसन्त लोहनी
अहिले प्रधानमन्त्री बालेन्द्र शाहसँग जोडिएर अख्तियार प्रमुख प्रेमकुमार राई चर्चामा छन्।
प्रधानमन्त्री र अख्तियार प्रमुखबीच ई-पासपोर्ट (विद्युतीय राहदानी) ठेक्का तथा खरिद लुटलाई लिएर रस्साकस्सी भइरहेकाे छ।
सुशासन अभियानमा जुटेका बालेन्द्र शाहले लामो समयदेखि आलटाल गरिरहेका प्रेम राईलाई केही नलागेपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर दबाब दिए।
आदेशात्मक ढाँचाको कुरा प्रस्ट थियो। यो घोटालामा संलग्न व्यक्तिहरूलाई हिरासतमा लिएर मुद्दा अविलम्ब अगाडि बढाउने।
प्रेम राई अझै पनि अलमलाउन खोजिरहेका थिए अनुसन्धान हुँदैन भनेर। झन्डै दुई तिहाइको सरकारले आफैंलाई संवैधानिक प्रक्रियाबाट कठघरामा उभ्याउन सक्ने रुद्र रूप देखेपछि प्रेम राईले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागका प्राविधिक निर्देशक सुनिल कुमार केसीलाई थुन्नुपर्यो।
तत्कालीन परराष्ट्र मन्त्रीको हैसियतले ठेक्का स्वीकृत गर्ने आरजु राणा मुलुक बाहिर सम्पर्कविहीन भएर सम्पर्कमा छिन्।
अख्तियारको तीन दिने पुर्जीमा उपस्थित हुन नसक्ने कुरा उनी जनाउन सक्छिन्। तर राज्यले भने उनीसँग सम्पर्क राख्न सकेको छैन।
पासपोर्ट छाप्ने जर्मन कम्पनी भेरिडोसको एजेन्ट बनेका बिचौलिया मध्येका एक प्रमुख बिचौलिया सिद्धार्थ थापा अख्तियारको खोरबाट फरार भएका छन्।
उनी यसरी मिलेमतोमा फरार हुन सक्नुमा गृह मन्त्रालयको उच्च तहको संलग्नता रहेको चर्चा बढ्दै गएको छ।
सिद्धार्थ थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति र हाल संसद्को माथिल्लो सदनका काँग्रेसका सांसद सुनिलबहादुर थापाका छोरा हुन्।
सरकारलाई भ्रष्टाचार गर्न नदिन र डन्डा चलाएर चेक एन्ड ब्यालेन्समा राख्ने जिम्मा पाएको संवैधानिक निकायको प्रमुखलाई मुलुकको मुख्य प्रशासकले यसरी धम्क्याउन पाइँदैन भन्ने आवाज पनि उठिरहेको छ।
संवैधानिक निकायलाई यसरी नजरअन्दाज गर्न पाइँदैन भन्ने आवाज मन्त्री र प्रधानमन्त्री तहका भ्रष्टाचारीलाई जोगाउने अड्डाको रूपमा रूपान्तरित हुँदै गएकोमा चिन्ता व्यक्त गर्नेहरूको आवाजको अगाडि नसुनिने हुँदै गएको छ।
अख्तियार यसरी पिलन्धरे हुनुमा के प्रेम कुमार राईको हात छ? राईको मात्र हात चाहिँ छैन। राजनीतिक तहबाट हुने गरेको लुटको फाइललाई तामिलीमा राख्ने, अलमलाउने, कमजोर पार्ने, र अन्ततः समयको हिरण्यगर्भमा दनदनाइदिने पुरानो निरन्तरतालाई उनले ओली केन्द्रित भएर अझ बलियोसँग कायम राखेका हुन्।
प्रेम राईलाई यस्तो कर्म गर्न सक्ने महायोग्य तुल्याएको भने राजनैतिक तहमा नीतिगतले पनि धान्न नसकेको लुटतन्त्र र त्यसलाई ह्यान्डल गर्न सक्ने पुरस्कृत हुने व्यवस्थामा लोकतन्त्र रूपान्तरित भएको प्रमुख कारणले हो।
संखुवासभाको खोरन्डेदेखि नक्सालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मको ६५ वर्षको यात्रामा अधिकांश समय भ्रष्टाचारलाई नजिकबाट देखेका, चलाएका र भोगेका मान्छे हुन् प्रेम कुमार राई।
भ्रष्टाचार बुझेका मान्छे हुन् प्रेम राई, सहसचिव हुँदा नै अख्तियारमा काम गरे। हिसाब किताब झन् बुझेका विद्यार्थी हुँदा नै महालेखामा काम गरे।
अरू मन्त्रालयमा सचिव हुँदाको कुरा छोडेर हेर्दा पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव हुँदा वाइड बडीदेखि गृहसचिव हुँदा भुटानी शरणार्थी काण्डसम्ममा उनकाे संलग्नता रहेको छ।
उनको भ्रष्टाचार विज्ञता देखेर ओलीको प्रेम उनीप्रति जागृत भएको थियो। त्यसैले अध्यादेशमार्फत २०७७ सालमा उनलाई नीतिगत भ्रष्टाचारको सुरक्षा कबजले पनि छेक्न नसकेका दारुण राष्ट्र लुटका कथाहरू दफनाउनको लागि ओलीले अख्तियार प्रमुखमा नियुक्त गरेका थिए। त्यसैले ओलीको हितको सुरक्षा गर्नु अख्तियार प्रमुखको हैसियतले उनको प्रमुख दायित्व रह्यो। यो घाम जत्तिकै छर्लङ्ग छ।
तर करिब ८ महिनापछि निवृत्त हुने मान्छेले ओरालो लागेको ओलीसँग सती जानुपर्ने पर्याप्त कारण थिएन। त्यसैले प्रेम कुमार राईले करिब ८ अर्बको ई-पासपोर्ट लुटलाई अगाडि बढाए। जे जसरी होस् यसको लागि नेपाली जनताले उनलाई धन्यवाद दिएका छन्।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया