पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो पोखरा महानगरपालिका- ३२ लामेआहालमा दुर्घटना भएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।
दुर्घटनामा परी थप ८ जना घाइते भएका छन्। घाइते र मृतकको पहिचान खुलिनसकेको प्रहरीले बताएको छ।