यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बाह्रखरी
जन्मेपछि नमर्ने आजसम्म कोही छैनन्। जन्मनुजत्तिकै सत्य छ मृत्यु। त्यसैले प्रत्येक बच्चा जन्मँदा आफू रुन्छ र अरूलाई हसाउँछ। मर्दा आफू शान्त हुन्छ र अरूलाई रुवाउँछ। जन्मसँगै बोक्ने मृत्युलाई मानिसले कहिले भारी ठानेनन्। ज्ञान भएर पनि अज्ञानी बन्ने गरेका छन्, यस मामलामा। नत्र आफ्नो आयुको ठेगान नहुनेहरू किन लिइरहन्छन् अरूका वर्षौँ वर्षका ठेक्काहरू ?
यही अज्ञानताले त हो नि मान्छे बाँचुन्जेल मात्र बाँच्ने मोहले आफ्नो आँखामा आफैँ पट्टी लगाउँछन्। शरीरले बाँच्नेलाई आफ्नो जीवन र सार्थक ठान्छन्। थोरै होलान्, आफूप्रति विश्वास गरेर समाजप्रति इमानदार बन्नेहरू। उमेरले भन्दा सीमा नाघेर बाँच्नुलाई सार्थक ठान्नेहरू।
मान्छे धनले धनी हुन्छ। शक्तिले बलियो हुन्छ। बनाए सालिक पनि बन्छ। तर, विचार, विवेक र कीर्तिले धेरै कुरा बन्न सक्छ। मरेपछि पनि बाँचिरहन्छ। यही कारण मानिस कसरी जन्म्यो र कसरी मर्यो भन्दा कसरी बाँच्यो भन्ने महत्त्वपूर्ण हुन्छ।
सन्दर्भ यतिखेर डा. बिहारीलाल श्रेष्ठको हो। बाहिरी आँखाले देख्ने एउटा स्वरूपको मात्र हो बिहारीलाल। सामान्य बुझ्नेहरूका लागि नेपालका वरिष्ठ हाडजोर्नी विज्ञ मात्र। तर, डाक्टर सा’पलाई बुझ्न खोज्नेहरूले बुझ्न खोज्दा पनि पूर्णता पाउन सकिँदैनथ्यो। समुद्रजस्तो, आकाशजस्तो विराट् व्यक्तित्व।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया