 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                बाह्रखरी
 
                                जन्मेपछि नमर्ने आजसम्म कोही छैनन्। जन्मनुजत्तिकै सत्य छ मृत्यु। त्यसैले प्रत्येक बच्चा जन्मँदा आफू रुन्छ र अरूलाई हसाउँछ। मर्दा आफू शान्त हुन्छ र अरूलाई रुवाउँछ। जन्मसँगै बोक्ने मृत्युलाई मानिसले कहिले भारी ठानेनन्। ज्ञान भएर पनि अज्ञानी बन्ने गरेका छन्, यस मामलामा। नत्र आफ्नो आयुको ठेगान नहुनेहरू किन लिइरहन्छन् अरूका वर्षौँ वर्षका ठेक्काहरू ?
यही अज्ञानताले त हो नि मान्छे बाँचुन्जेल मात्र बाँच्ने मोहले आफ्नो आँखामा आफैँ पट्टी लगाउँछन्। शरीरले बाँच्नेलाई आफ्नो जीवन र सार्थक ठान्छन्। थोरै होलान्, आफूप्रति विश्वास गरेर समाजप्रति इमानदार बन्नेहरू। उमेरले भन्दा सीमा नाघेर बाँच्नुलाई सार्थक ठान्नेहरू।
मान्छे धनले धनी हुन्छ। शक्तिले बलियो हुन्छ। बनाए सालिक पनि बन्छ। तर, विचार, विवेक र कीर्तिले धेरै कुरा बन्न सक्छ। मरेपछि पनि बाँचिरहन्छ। यही कारण मानिस कसरी जन्म्यो र कसरी मर्यो भन्दा कसरी बाँच्यो भन्ने महत्त्वपूर्ण हुन्छ।
सन्दर्भ यतिखेर डा. बिहारीलाल श्रेष्ठको हो। बाहिरी आँखाले देख्ने एउटा स्वरूपको मात्र हो बिहारीलाल। सामान्य बुझ्नेहरूका लागि नेपालका वरिष्ठ हाडजोर्नी विज्ञ मात्र। तर, डाक्टर सा’पलाई बुझ्न खोज्नेहरूले बुझ्न खोज्दा पनि पूर्णता पाउन सकिँदैनथ्यो। समुद्रजस्तो, आकाशजस्तो विराट् व्यक्तित्व।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया