‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
ईश्वरी राई (इशु)
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै गाउँ–गाउँमा चुनावी चहलपहल सुरु भइसकेको छ। मुख्य राजनीतिक दलहरूले आउँदो भुइँतहको निर्वाचनलाई ध्यानमा राखेर अभियान चलाइरहेका छन्।
गाउँ तथा नगरमा उम्मेदवार बन्न नेताहरूबीच तछाडमछाड छ। उम्मेदवारबिनै युवा बोकेर आकांक्षीहरू भोट माग्न बस्ती–बस्ती छिरिरहेका छन्।
अघिल्लो निर्वाचनको तुलनामा यसपालि कैयौं युवाहरू उम्मेदवार बन्न आतुर छन्। उनीहरूले चुनावी मैदान तथा सामाजिक सञ्जालबाट प्रचारप्रसारलाई तीव्रता दिन थालेका छन्। भलै युवा परिचालनका सकारात्मक पाटाहरू पनि छन्।
स्थानीय पार्टीका नेताहरूले गाउँ–टोलमा युवा दस्ता परिचालन गर्ने प्रचलन सामान्य जस्तै बनेको छ। खासगरी दलहरूले युवाहरूलाई परिचालन गरेर माहोल आ-आफ्नो पक्षमा पार्ने प्रयत्न गर्छन्।
आकांक्षीसँगै चुनावका लागि मतदाताहरू पनि उत्साहित छन्। ठाउँ–ठाउँमा स्थानीय निर्वाचनको माहोल तातिरहेका बेला के भन्छन् युवा :
सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका–३ का २२ वर्षीय माधव दुलाल एमालेलाई जिताउने पक्षमा छन्। उनी एमालेलाई भोट हाल्न गाउँ जाने बताउँछन्। ‘भोट हाल्न गाउँ जान्छु,’ उनले भने, ‘एमालेलाई भोट हालेर जिताउँछु।’
पहिलोपटक भोट हाल्न लागेका माधवलाई एमालेले गाउँको विकास गर्छ भन्नेमा विश्वास छ। ‘गाउँमा विकास भइरहेको छ। तर एमाले नेतृत्वमा आयो भने सोचेभन्दा धेरै विकास हुन्छ,’ उनले भने।
गाउँमा थप विकास र समृद्धिको काम गर्नका लागि एमालेमा भोट हाल्नुपर्ने उनको तर्क छ। उनी भन्छन्, ‘मेरो गाउँको विकास हुनका लागि एमालेले जित्नुपर्छ।’ माधव राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकका सदस्य पनि हुन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया