‘डिपी अर्यालको ट्राभल्सले जापानको भिजिट भिसाको नाममा अर्बौं लुट्यो’ (भिडओसहित)

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्स नामक ट्राभल्स ऐजेन्सीले जापानमा भिजिट भिसाका नाममा मान्छे पठाएर अर्बौ रकम लुटिरहेको बताएका छन् ।

सोह्रखुट्टेमा रहेको यो कम्पनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी (डाेलप्रसाद) अर्यालको हो। सांसद हुनुभन्दा अघि अर्याल एक ब्यापारी हुन्। लामो समय जापानमा बसेका उनले नेपाल फर्केर शिक्षा, स्वास्थ्य र पर्टयन क्षेत्रमा ब्यापार गर्दै आएका थिए। याे ट्राभल्सले जापान, थाइल्याण्डलगयत विभिन्न देशहरूका लागि ‘टुर प्याकेज’ बेच्दै आएकाे छ। 

अर्यालले सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कूल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा पनि लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने, वैदेशिक मुद्रा भित्राउने लगायतका काम गरेका छन्। रास्वपाबाट समानुपातिक सांसद भएपछि उनी श्रममन्त्री पनि भएका थिए।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदप्रति लक्षित गर्दै उनले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएवापतको पैसाले संसदमा प्रतिनिधित्व गरेको आरोप लगाए। यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन उनले माग गरे। 

बैठकमा बोल्दै उनले संसदमा सभामुखले आफ्ना कुरा राख्ने र अरु माननीय सदस्यहरुले कुरा राख्दा नाराबाजी गरिने भएकाले त्यसबारे कदम चाल्न आग्रह गरे।

उनले मौसम परिर्वतनका कारण कतिपय बाटोघाटोहरु अस्तव्यस्त भएको हुँदा ७७ वटै जिल्लाले विपत्तको तयारी गर्न गृहमन्त्रालय सँग समन्वय गर्नुपर्ने बताए।
 

प्रकाशित मिति: : 2025-06-28 14:27:00

प्रतिकृया दिनुहोस्