मीरा प्रसाई
छायाँको जस्तो अटुट साथ दिन्छु भनेर
प्रेम प्रस्ताव राख्ने
ए प्रीय मान्छे !
अटुट साथ दिने भए मलाई
त्यो छायाँको जस्तो साथ त पटक्कै नदिनु,
छायाँको साथ त
प्रकाश रहुन्जेल सम्म मात्र हुन्छ।
साथ नै दिने भए मलाई,
बरू त्यो आँशुको जस्तो साथ दिनु
जो हुन्छ
- सुखमा पनि सँगै।
- दु:खमा पनि सँगै।
मलाई माया गर्ने
ए प्रीय मान्छे !
यदि आँशुले जस्तो अटुट साथ दिन्छौ भने,
तयार छु म
तिम्री वराङ्गना बन्न।
सक्छौ के तिमी
आँशुले जस्तो साथ दिन ?
सक्छौ भने यदि,
मङ्गलबार आउनु तिमी त्यहीँ पल्पसा क्याफेमा
जहाँ तिम्रो र मेरो मङ्गलबारकै दिन
पहिलो भेट भएको थियो,
र त्यहीँ दिन मङ्गलकार्यका निम्ति मङ्गलडाँडामा
एक/एक वटा 'वर पिपल'का बिरुवा रोपेर
गरौला तिम्रो र मेरो
नवीन सम्बन्धको शिलान्यास।
‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया