ओम आचार्य
नेपाली कांग्रेसभित्र इतर समूह भनेर चिनिएका पूर्णबहादुर खड्का समूहबाट अब पार्टी ९९ प्रतिशत फुटको डिलमा रहेको बताउदै आएका छन्। र यो समूहले साउनमा गर्ने भनिएको विशेष भेलाबाट पार्टीको नाम र चुनाव चिन्ह घोषणा गर्ने भन्दै छ।
यसो भनिरहँदा इतर समूहबाट घोषणा हुने पार्टीको नेतृत्व लिन अहिले सम्म कसैको नाम आएको छैन। यो समूहले घोषण गर्ने पार्टीको नेतृत्व बाहिर चर्चा चले जस्तो डा. शशांक कोइराला या डा. शेखर कोइरालालाई नेतृत्व स्वीकार्न आग्रह गरिने हुन सक्छ।
देउवा निकट रहेको यो समूह देउवाकै अति विस्वासपात्र भने नेतृत्व लिन अगाडि आएको देखिएका छैन। योभन्दा पूर्व देउवाले पार्टी फुटाएर पार्टी फुट्दाको पीडादायी अनुभव र पार्टी मूलधारबाट फुटेको पार्टीलाई संचालन गर्दा भएको पीडा र सकस सायद विर्सेका छैन। यही कारणबाट त्यो पीडा र सकस पुनः लिन नचाहेका हुन र पुनः त्यही समूहको नेतृत्वमा पार्टी अलग भएको घोषणा गर्न र त्यसको दोष बोक्न तयार छैन?
डा. शशांक या डा. शेखरलाई यो समूहले नेतृत्व दिँदा दुरगामी लाभ र प्रभाव हेरेका छन्। त्यो समूहबाट कांग्रेस ब्रान्ड हामीसंग छ भनेर कोइरालालाई अघि सारेको हुन सक्छ।
अहिले बीपी कोइरालाका पुत्र डा. शशांक कोइराला महेन्द्र नारायण निधि पुत्र विमलेन्द्र निधि, गणेशमान सिंह पुत्र प्रकाशमान सिंह, कृष्ण प्रसाद भट्टराईका अनुयायी पूर्णबहादुर खड्का र गिरिजा प्रसाद कोइरालासंग डा शेखर कोइरालालाई जोड्दै हामीसंग कांग्रेसको ब्रान्ड छ भनेर इतर समूहले भन्ने गरेका छन्। र कुर्लने गरेका छन्।
उनीहरूले भने जस्तो माथि उल्लेख गरिएका नेताहरू कांग्रेसको इतिहास बनाउन जेलनेल भोगेका नेताहरू हुन्। उनीहरूकै नेतृत्वमा कांग्रेस कांग्रेस बनेको हो। उनीहरूको नाम कांग्रेसको लागि अति उच्च र सम्मान योग्य उदाहरणीय मात्रै हैन धारणीय पनि छ।
तर इतर समूहले भने जस्तो यी नामहरू कांग्रेसको ब्रान्ड चैं होइनन्। कांग्रेसको ब्रान्ड भनेको चार तारा र रुख हो। अहिले नेपाली ले चिन्ने ब्रान्ड भनेकै यही हो। जस्तो कि कम्युनिस्टको ब्रान्ड भनेको हँसिया हथौडा हो। जस्तो एडिडास, पुमा, नाइक यस्तै यस्तै धेरै ब्रान्ड छन्। ब्रान्डको बनाउने मूल पात्र भन्दा ब्रान्ड नै लोकप्रिय जनजिब्रो आउछ। आखिर ब्रान्ड भनेको ब्रान्ड नै हो।
डा. शेखर कोइराला नेतृत्व लिन तयार छन्?
डा शेखर कोइरालाले विशेष अधिवेशन पछि इतर समूहको यौटा समूहको नेतृत्व गर्दै आएका छन्। र उनले सकेसम्म कांग्रेस फुट्न नदिने प्रयासमा छन्। कांग्रेस मिलाउने प्रयासमा यिन्ले यौटा (सक्तिशाली विशेष संयन्त्र) बनाऔं यसैमा सहमति गरौं र अहिलेसम्म उठाएका सबैकुरा सहमति भए छोड्ने। यो पनि सभापति गगन थापाले स्वीकारिरहेका छैनन्।
अहिले पूर्णबहादुर खडका समूहले राष्ट्रिय भेलाको कुरा गर्दै त्यहीबाट पार्टीको नाम र झण्डाको घोषण हुने छ भनेका छन्। पूर्णबहादुर खड्का समूहले ४४औं बीपी स्मृती दिवस प्रज्ञा भवन कमलादीमा आयोजना गर्ने बताइसकेको हुँदा कांग्रेस अहिले संवेदनशील मोडमा पुगेको देखिन्छ।
कथमकदाचित कांग्रेस फुटे के डा. शेखरले नेतृत्व लिन्छन त? उनको अहिलेसम्मको गतिविधि र उनको स्टाटस हेर्दा नेतृत्व लिन इच्छुक देखिँदैनन्। कांग्रेसमा कोइराला विरासतको इतिहास छ। कांग्रेस भन्ने बित्तिकै बीपीको स्मरण आउनु स्वभाविक हो। यस्तो कांग्रेसको मूलधारबाट फुटेको कांग्रेसको नेतृत्व गर्न डा. शेखर तयार नहुन सक्छन त?
अर्को कुरा देउवा सभापति रहेको केन्द्रीय समितिले विशेष अधिवेशनको स्वामित्व लिनुपर्छ भन्दै गरेका डा. शेखर वर्तमान कांग्रेसलाई स्वीकारे पनि उनको भाष्यले नै जान रोक्न सक्छ? यस्तो अवस्थामा डा. शेखर फुटेको कांग्रेसमा पनि नजाने र संस्थापनले पनि नलिने अवस्थामा सिर्जना भयो भने डा. शेखरले के गर्छन त? यो समय राजनीति गर्ने व्याक्तिको लागि अत्यन्त कष्टकर त हुन्छ नै तर यही समय यिनले मध्यस्थताकै भुमिकामा रहदै राजनीतिमा सकृय रहदा दूरगामी लाभ चै डा. शेखरले पाउने छन् कांग्रेसभित्र आफ्नो पहिचानको भारी व्यक्तित्व निर्माण गर्नेछन्।
गगन अब के गर्छन?
सभापति गगनले कांग्रेसको ब्रान्ड अरु चम्किलो बनाछन् कि खुइल्याउछन्? यो अहिले इतर समूह मात्र हैन आम जनमानसमा यो कुरा सार्वजनिक सरोकारको विषय बनेको छ रुचिपूर्ण छ। अहिले इतर समूहमा धेरै सिनियर नेताहरूको उपस्थिति छ र यसको जिल्ला जिल्लामा पनि दरो पकड बुझिएको छ। गगनले अहिले इतर समूहबाट डा. शेखरले राखेको प्रस्ताव (विशेष संयन्त्र)मा सहमति जनाउनु वुद्धिमानी र विवेकपूर्ण मानिन सक्छ।
गगनले यसो गरे पार्टी फुट्नबाट मात्रै जोगिने हैन कि विशेष महाधिवेशनबाट आएको सभापतिलगायत कार्य समितिको गरिमा पनि अझ बढ्छ र कांग्रेसको ब्रान्ड अरु चम्किलो हुदै जान्छ। देशको वर्तमान राजनीतिक अवस्था धमिलो हुदै छ। गणतन्त्रमा समेत जोखिम देखिदै छ। अहिले देशलाई कांग्रेसको आवश्यकता छ र त्यो आवश्यकता कांग्रेस एक हुँदा मात्र पूरा हुनसक्छ। गगन थापाले यो कुरा पक्कै नबुझेका छैनन्।
‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया