बिएल संवाददाता
भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभा प्रतिपक्षी दलका नेता राहुल गान्धीले जारी निट परीक्षा विवाद र विद्यार्थी आन्दोलनलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा आलोचना गरेका छन्।
उनले प्रधानमन्त्री मोदीलाई भारतको ‘विगत’ र आन्दोलनरत विद्यार्थीलाई देशको ‘भविष्य’ को संज्ञा दिएका छन्।
शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गान्धीले सरकारको सम्पूर्ण प्रणालीले युवालाई निशाना बनाइरहेको आरोप लगाए। उनले आन्दोलनरत विद्यार्थीलाई आफ्नो मागबाट पछि नहट्न आग्रह गर्दै उनीहरूको साथमा आफूहरू रहेको बताए।
‘यो त्यही प्रणाली हो, जसले उनीहरूमाथि आक्रमण गरिरहेको छ। मैले विद्यार्थीहरूलाई भनेको छु, नआत्तिनुहोस्। भारत सरकारका सबै शक्ति मिलेर पनि तपाईंहरूलाई त्यहाँबाट हटाउन सक्दैनन्। उनीहरू भारतको भविष्य हुन् र कसैले पनि भविष्यसँग लड्न सक्दैन। नरेन्द्र मोदी भारतको विगत हुन, विगतले कहिल्यै भविष्यसँग लड्न सक्दैन,’ गान्धीले भने।
उनले प्रधानमन्त्री मोदीलाई विद्यार्थीहरूसँग माफी माग्न माग गरे। यो प्रणाली चलाउने मुख्य व्यक्ति प्रधानमन्त्री हुन्। उनले बुझ्नुपर्छ कि यो सुझावको विषय होइन, विद्यार्थीहरूको माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हो। विद्यार्थीहरूमाथि आक्रमण भएको छ, उनीहरूलाई अपमान गरिएको छ, त्यसैले प्रधानमन्त्रीले माफी माग्नुपर्छ,’ उनले भने।
सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन तोडेपछि प्रतिक्रिया दिँदै दिप्केले उनको स्वास्थ्यप्रति राहत व्यक्त गरे पनि आन्दोलनको मुख्य मागबाट पछि नहट्ने बताए।
‘धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ। सोनम सरले अनशन तोड्नुभएकोमा हामी खुसी र राहत महसुस गरिरहेका छौं, किनकि उहाँको जीवन देशका लागि निकै महत्वपूर्ण छ,’ उनले भने।
दिप्केले सरकारसँग हुने कुनै पनि वार्ता तटस्थ स्थानमा हुनुपर्ने अडान राखे।
यसअघि सामाजिक अभियन्ता सोनम वाङचुकले ल्भ्भ्त् पेपर लिक प्रकरणमा विद्यार्थीहरूको समर्थनमा गरेको २६ दिन लामो अनशन शुक्रबार अन्त्य गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णयमाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिँदै आफूले आन्दोलनप्रतिको प्रतिबद्धता प्रमाणित गर्न ‘चरित्र प्रमाणपत्र’ आवश्यक नभएको बताएका छन्।
वाङचुकले केन्द्र सरकारले निट परीक्षा प्रणाली सुधार र प्रतिस्पर्धात्मक परीक्षाको संरचनागत सुधारका विषयमा लिखित आश्वासन दिएपछि अनशन तोडेको जानकारी दिएका छन्।
उनले यसअघि मौखिक आश्वासन मात्र दिइएकाले लिखित प्रतिबद्धताका लागि दुई दिन ढिलाइ भएको बताए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया