हिमाल खबर
काठमाडौंले आजसम्म गरेको ‘मधेस विमर्श’ समग्र मधेस नभई भुराबाल (भुमिहार, राजपुत, ब्राह्मण र लाला अर्थात् कायस्थ) विमर्श हो, जसलाई विचारशून्य महन्थ ठाकुरले नेतृत्व गर्छन्।
मधेसी समुदायले दशकौंदेखि शोषण, विभेद, अत्याचार भोगिरहेका छ। राज्यसँगको असन्तुष्टिलाई मधेसले विभिन्न रूपमा अभिव्यक्त गर्दै आएको छ। मधेस आन्दोलनमा कैयौंले सहादत पाए, सयौं अङ्गभङ्ग भए, तर पनि मधेसले ठोस रूपमा उपलब्धि हासिल गर्न सकेन।
सम्झौतामाथि सम्झौता भए। आन्दोलनबाट प्राप्त उपलब्धि अन्तरिम संविधान २०६३ मा लिपिबद्ध त भए, तर नेपालको संविधान २०७२ मा फेरि खोसियो। यसैले मधेसको मुद्दा ज्यूँ का त्यूँ अवस्थामा छ।
आन्दोलनले स्थापित गरेको स्वायत्त मधेस प्रदेश, समानुपातिक समावेशी, नागरिकता, सेनामा सामूहिक प्रवेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण जस्ता मुद्दा आज पनि जहाँको त्यहीँ छन्।
बारम्बार आन्दोलन गर्दा पनि मुद्दा स्थायी रूपमा सम्बोधन नहुनुको कारण के होला? मेरो विचारमा, मुद्दा सम्बोधन नहुनुमा सिद्धान्त र व्यवहार दुवै जिम्मेबार छ। सामान्यतः व्यावहारिक रूपमा सबै विचारधारा मान्नेहरूमा कमी वा समस्या देखिन्छ। त्यो कुरा मधेसमा पनि लागू हुन्छ।
खासमा मधेसको नेतृत्व नै मधेसको मुद्दाप्रति इमानदार देखिएन। मधेसलाई अधिकारसम्पन्न बनाउनुको सट्टा नेतृत्वले आन्दोलन, जनमत र सहादतलाई सत्तामा पुग्ने औजार मात्र बनाए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया