महावीर पुनको धर्नाको दोस्रो दिन : नेता र सांसदको पनि साथ

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको विषयमा चार बुँदे माग राखेर धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई दोस्रो दिन युवासँगै नेता र सांसद पनि साथ दिएका छन्।

शुक्रबारदेखि सुरु भएको धर्नाको दोस्रो दिन पुनलाई समर्थन गर्न सांसद लक्ष्मी घिमिरेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र, लेखक तथा सामाजिक अभियान्ता सञ्जिव उप्रेतीलगात व्यक्तित्वहरु शनिबार दिउँसो माइतीघर मण्डला पगेका हुन्।

विज्ञान प्रविधिका क्षेत्रमा संघ र प्रदेश सरकारले कुल बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न ठोस नीति बनाउनुपर्नेलगायत चार बुँदे माग राखेर अध्यक्ष पुनको टोली धर्ना बसेको छ।

सो टोलीले शुक्रबार राति पनि सडकमै बसेर र खाएर धर्नालाई निरन्तरता दिएको थियो। सरकारले माग पूरा नगरेसम्म दिन/रात सडकमै धर्ना दिने पुनले जनाएका छन्।

‘सामाजिक जनआन्दोलन’ नाम दिएको सो धर्ना कार्यक्रममा देश तथा विदेशमा रहेको विभिन्न संघ/संस्थाले आ–आफ्नै तरिकाले ऐक्यबद्धता जनाएका छन्।

सरकारलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कार नीति बनाउन दबाब दिनको लागि सबैलाई धर्नामा सहभागी हुन पुनले आव्हान गरेका छन्।

महावीर पुनकाे धर्ना रातमा पनि जारी, सडकमै पाक्याे खाना (तस्बिरहरु)

महावीर पुनले रातभरि सडकमै धर्ना दिने, सहभागीताकाे लागि सबैलाई गरे आग्रह

ताताे सडकमा महावीर पुन– हाम्रा प्रतिभालाई पलायन हुनबाट राेक सरकार (तस्बिरहरु)

अनुसन्धान, नवप्रवर्तन र आविष्कारकाे नीति माग्दै माइतीघरमा महावीर पुनकाे धर्ना (तस्बिरहरू)

प्रकाशित मिति: : 2023-04-29 11:50:00

प्रतिकृया दिनुहोस्