राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीपुर पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारकाे सरकारले नीति बनाउनुपर्ने माग राखेर काठमाडाैँमा धर्ना बसेका छन्। पुन विभिन्न युवाकाे सथा शुक्रबार बिहान माइतीघर मण्डालमा धर्ना बसेका हुन्।
युवा प्रतिभालाई विदेश पलायन हुनबाट राेक्न सरकारले हरेक बजेटमा अनुसन्धान र आविष्कारकाे लागि नीति बनाएर १ प्रतिशत बजेट छुट्याउनुपर्ने पुनकाे माग छ।
वैशाखमासकाे गर्मीकाे ताताे सडकमा पुनले स्वदेशी युवा प्रतिभालाई राेक्नकाे लागि सरकार अनुसन्धान, नवप्रवर्तन र आविष्कारकाे लागि रकम छुट्यानुपर्ने बताएका छन्। उनले आविष्कार र अनुसन्धानकाे क्षेत्रमा लगानी नबढाए देश समृद्ध हुन नसक्ने दाबी गरे।
धर्ना कार्यक्रममा विभिनन साहित्यकारहरु आफ्ना रचनामार्फत सरकारलाई खबरदारीसमेत गरिरहेका छन्।