‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मिनु गोले
काठमाडौँलगायत देशका कैयौँ सहरमा वायु प्रदूषण बढिरहेको छ। जनस्वास्थ्यविद् तथा वातावरणविद्हरुले यस्तो अवस्थामा स्वास्थ्य जोखिम पनि बढ्नसक्ने भन्दै सचेत हुन अपिल गरेका छन्।
मौसम परिवर्तनसँगै भाइरलका बिरामीहरु बढिरहेका बेला अहिले भने वायु प्रदूषणका कारण थप समस्याहरु लिएर अस्पतालमा आउनेहरुको संख्या पनि बढिरहेको छ।
जनरल फिजिसियन डा. रक्षा गौतमका अनुसार अहिले खासगरी दम र श्वासप्रश्वाससम्बन्धी बिरामीहरुको चाप बढिरहेका छन्।
‘हरेक दिन अस्पतालमा आउनेमध्ये लगभग २५ प्रतिशत बिरामीमा वायु प्रदूषणका कारण उत्पन्न समस्याहरु लिएर आउने गरेका छन्’, डा. गौतम भन्छिन्, ‘प्राइभेट अनि सरकारी स्वास्थ्य संस्थाहरुमा पनि यस्तै बिरामीहरुको चाप बढिरहेको छ।’
उनका अनुसार लामो समयसम्म खोकी लाग्नेजस्ता श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीहरू बढिरहेका छन्।
वायु प्रदूषणले दीर्घरोगी तथा खासगरी फोक्सोमा समस्या, छाती, मुटुमा समस्या देखिनसक्ने भन्दै यस्ता बिरामीहरू सचेत हुनुपर्ने उनी बताउँछिन्।
यो प्रदूषणले वृद्धवृद्धा र बालबालिकालाई बढी जोखिम हुनसक्छ। अन्य बिरामीलाई पनि अक्सिजनको कमी भएर थप समस्याहरु आउनसक्छन्।
उनका अनुसार वायु प्रदूषण बढेका बेला सकभर बिहानको समयमा हिँडडुल नगर्न र कसरतका लागि भन्दै खुल्ला ठाउँहरूमा पनि जानु हुँदैन।
‘यो मौसममा अझ त्यसमा पनि वायुमा प्रदूषणको मात्रा बढेका बेला सकभर बिहानकाे समयमा शरीरमा नकारात्मक असर पर्नसक्छ’, उनी भन्छिन्, ‘अघिपछिको समयमा पनि जेठ असारसम्मचाहिँ यस्तो हुनसक्छ।’
मर्निङ वाक गर्नैपर्ने अवस्थामा भने घरमै सामान्य योगा गरे पनि हुने उनको भनाइ छ।
उनका अनुसार माक्सको प्रयोग गर्ने, खानपानमा ध्यान दिने, पोषणयुक्त खाना खानेजस्ता सावधानी अपनाउन पनि उनको आग्रह छ।
भिडियाे :
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया