बिएल संवाददाता
निवर्तमान उर्जामन्त्री दीपक खड्का देश छोडेर भागेको खुलासा भएको छ।
नयाँपत्रिका दैनिकमा आइतबार प्रकाशित अन्तर्वार्तामा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले ठूला नेताहरूको सम्पत्ति छानबिन थालेपछि अकूत सम्पत्तिका मालिक तत्कालिन उर्जामन्त्रीले देश छोडेर भागेको गृहमन्त्रीले दाबी गरेका छन्।
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले उर्जामन्त्रीको घरबाट नेपाली रुपैयाँ र अमेरिकी डलरलगायत विदेशी मुद्राहरू हावामा उडाउँदै मनोरञ्जन लिएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएको थियो।
मन्त्री अर्यालले दीपक खड्काको नाम नलिइ तत्कालिन उर्जामन्त्री देश छोडेर भागेको खुलासा गरे पनि उनी कहाँ छन् भन्ने खुलाएका थिएनन्।
विश्वस्त स्रोतबाट प्राप्त जानकारी अनुसार उर्जामन्त्री खड्का भदौ २४ गतेको विध्वंशपछि भारतको नयाँ दिल्ली हुँदै सिंगापुर भागेको नयाँ तथ्य बाहिरिएको छ।
नयाँ दिल्लीमा उपचाररत ससुरालाई भेट्ने बहानामा सडकमार्ग हुँदै खड्का त्यता लागेको पारिवारिक स्रोतले पुष्टि गर्यो।
स्रोतका अनुसार खड्कालाई राजनीतिक रुपमा सघाइरहेका एक टेलिभिजनका सम्पादकले दिल्लीबाट थाइल्याण्डको बैंकक हुँदै सिंगापुर पुर्याएर फर्किएको खुलेको छ।
स्रोतका अनुसार खड्कालाई कांग्रेस संखुवासभा सभापति बनाउन तिनै सम्पादक जोडतोडका साथ लागेका थिए।
यसअघि खड्का अमेरिका भागेको दाबीसहितका समाचारहरू बाहिरिएका थिए। खड्काका दुई छोरीहरू अमेरिकामा छन्। तर उनी सिंगापुर भाग्नुमा केही रहस्य भने देखिन्छ।
विश्वस्त पारिवारिक स्रोतका अनुसार खड्काले नेपालमा भ्रष्टाचार गरेको अकूत सम्पत्ति सिंगापुरमा लुकाएका वा लगानी गरेका बुझिएको छ। सुरक्षाका दृष्टिकोणले पनि अमेरिकामा भन्दा सिंगापुरमा सुरक्षित भइने हुँदा उनले सिंगापुर रोजेको स्रोतको दाबी छ।
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया