बिएल संवाददाता
एमाले महासचिव शंकर पोखरेलले नेपाली सेनामाथि गरेको गम्भीर टिप्पणी सामाजिक सञ्जालबाट हटाएका छन्।
जेन–जी आन्दोलनका क्रममा भएको आगजनी नियन्त्रणमा सेना र काठमाडौं महानगरले तदारुकता नदेखाएको आरोप सेनाले खण्डन गरेको थियो।
शुक्रबार सेनाले पत्रकार सम्मेलन नै गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतदेखि दलका नेताहरूको आरोप निराधार रहेको दाबी गरेको थियो।
सेनाले आफ्नो सक्रियतामा काठमाडौंमा भएका सबै दमकलहरू प्रयोग गरेर भोलिपल्टसम्ममा सबै आगलागी नियन्त्रण गरेको दाबी गरेको थियो। हिल्टन होटल भने अग्लो भएको र त्यसअनुसारको प्रविधि र सामग्री नहुँदा निभाउन नसकिएको सेनाले भनेको थियो।
काठमाडौंका मेयर बालेन्द्र साहले पनि आगो निभाउन सक्रियता नदेखाएको आरोपको फेसबुकबाट खण्डन गरेका थिए। उनले महानगरका कर्मचारी र दमकल आगलागी नियन्त्रणमा खटिएको भिडियो प्रमाण सार्वजनिक गरेका थिए।
सेनाको पत्रकार सम्मेलनको भोलिपल्ट अर्थात शनिबार बिहान एमाले महासचिवले सेनाविरुद्ध गम्भीर टिप्पणी गर्दै सबै खरानी भएर आफैं आगो निभेको एक महिनापछि श्रेय लिने प्रतिष्पर्धा चलेको टिप्पणी गरेका थिए।
उनले भनेका थिए, ‘२४ गतेको विध्वंसमा जल्ने सबै खरानी भएपछि आगो निभ्यो। तर एक महिनापछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु भएको छ #लज्जाशरणम्।’

नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया