बुद्धि मोक्तान
क्षितिज खुलेर उदाएको बिहानीमा
मनको पानाभरी भावनाको मसीले
गाउँबेशी पुगेर एउटा कविता लेखेँ।
चिमल गुराँस फुल्ने अगावै
उकालो लागेको बतास,
थोरै थोरै
हिजो अस्ती भखर्रैको हिउँ र शीतलहर सम्झाउथ्यो,
त्यो भन्दा पहिले
ओरालो लागेको हावा
सरर झरेको पहेलो पात ,सुकेको थुर र मक्किएको हाँगाले
निमोठेर अमिलिएको मेरो मन,
साइवेरियाको जंगलमा विरोक्तिन्थे
उजाडतामा कोइली विरोक्तिएर झै ...
बिस्तारै तातिन्दै गरेको धर्तीमा
चाँदनीको शितलता सापटी लिएर
वहेको मधुर पवन,
म सम्म आइपुग्दा
बाटोमा कतै मायालुको केशराशी चुमेर आएको छ
आरु फुल्ने चौतारी घुमेर आएको छ
डडेलो लागेको खरबारी
लथालिङ्ग घरबारी छोएको छ
र त साथमा,
सिरु टुसाएको देखेर
डडेलो पछीको परिवर्तित खरबारी टेकेर
उत्साहित नयाँ जिन्दगीको सन्देश लिएर आएको छ।
हिउँले छोपेको गुराँस जुर्मुराउछ
शीतलहरले ढाकेको चिमल चम्किन्छ
मसी जमेको कलम सर्छ मस्तिष्कमा
कठाङ्ग्रिएको हातमा भरिन्छ जाँगर
अनी
खुल्छ वसन्त रंगैरंगले,हरियालीले ,नुतन लतापातले
पालुवा र सुवासले।
यही समयमा हो संसार रमाउने
यही ॠतु हो फूल फुल्ने ,मान्छे भुल्ने
बोटबिरुवाले वैश छर्ने
कोकिल माइतघर आउने
विरहतुल्य भाकामा बासेर पनि ,
न्याउलीले
जंगलमा प्रेयसी पाउने ,काफल पाक्ने
हराएकी जीवनसंगीनीलाई खोज्दै खोज्दै
वर्षौ देखी एउटा चरी प्रश्न गरीरहने
'मेरी सीता देखिस् की?'
'मेरी सीता देखिस् की?'
बिकराल बिपतिले ठप्प विश्व आज
एउटै कालो कोठरीमा खुम्चिएको छ
बाहिर फूल फुल्यो कि मृत्यु डुलिरहेको छ्
बसन्तको आगमन हुँदैछ कि मृत्युले स्वागत गरिरहेछ
पर्खौ
पहिला सावधानी र धर्यताले विपतिलाई परास्त गरौ
माहामारीको संक्रमणलाई परास्तपछी,जीतको सुनौलो बिहानीमा
बाँचिए फेरी जीवनको वसन्त आउने छ।
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया