अभिनेता दिलिप रायमाझीलाई पितृ शोक परेको छ।
दिलिपका पिता आनन्दकुमार रायमाझीको ७८ बर्षको उमेरमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनी लामो समय देखि विविध स्वास्थ्य समस्याले पीडित थिए।
आनन्दकुमारको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनलाई श्रद्धाञ्जली दिन कलाकार र आफन्तको उपस्थिति थियो।