भूमे महोत्सवको तेस्रो दिन 

भूमेमा चौथो वृहत् सांस्कृतिक महोत्सव मनाइदैँ

बिएल संवाददाता

रुकुम पूर्व 

सांस्कृतिक महोत्सवको आज तेस्रो दिनमा पनि विविध सास्कृतिक प्रदर्शन गरेको छ।

असार ०२ गतेबाट सुरु भएको मेला भूमे–२ खाबाङ बगरमा वृहत् भूमे सांस्कृतिक महोत्सव चलिरहेको छ। परम्परागत संस्कृतिसँग सम्बन्धित नाच एवम् गीत जगेर्नाका लागि भूमे गाउँपालिकामा चौथो भूमे वृहत् सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो। भूमे गाउँपालिकाले २०७५ साल देखि लगातार पुराना नाच एवम् गीत जगेर्नाका लागि खुला सांस्कृतिक महोत्सव आयोजना गर्दै आईरहेको छ।  

मगर समुदायको ठूलो पर्व भूमे अर्थात् बल पूजाका अवसरमा भूमे गाउँपालिका–२ खाबाङ बगरमा प्रतियोगिता गराउदै आएको छ। प्रतियोगितामा असार ३ गते देखि विभिन्न विधाका नाच एवम् गीतमा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा मयूर नाच तर्फ भुमे ८ कोर्जा भुमे २ खाबाङ र सिस्ने गाउपालिकाबाट एक समुहले भाग लिएको थियो। त्यस्तै लस्के गित तर्फ भुमे १ लुगुम भुमे ३ क्याङ्सी मराबाङ र झुम्लाबाङ  भुमे ५ भुमे २ खाबाङ र भुमे ६ महत  ले भाग लिएका थिए। त्यस्तै नचारु नाच तर्फ भुमे ६ महत भुमे ३ सिमा  र भुमे ३ क्याङ्सी बिच प्रतिस्पर्धा भएको थियो। अर्को बिधा झोरेल्नी नाच तर्फ भुमे ६ महत र भुमे ३ क्याङसी प्रतिस्पर्धा भएको थियो।

प्रतिस्पर्धाको अन्तिम नतिजा भने असार ५ गते हुने आयोजक भुमे गाउपालिकाले बताएको छ। भूमे नाचमा प्रथम हुने समूहलाई नगद एक लाख पुरस्कार प्राप्त गर्ने छन्।

दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वना समूहले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। नचारु नाचमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः ७५, ५०, ३० र १५ हजार नगद प्राप्त गर्ने छन्। यसैगरी मयूरमा प्रथम आउने समूहले ५०, दोस्रोले ३०, तेस्रोले २० र सान्त्वना हुने समूहले १० हजार नगद पाउने छन्। यस्तै पैसेरु, फाँक, झोरेल्नी, सिङगारु र लस्केमा प्रथम आउने समूहले ३०, दोस्रोले २०, तेस्रोले १० तथा सान्त्वना हुने समूहले ५ हजार नगद पुरस्कार पाउनेछन्। र महोत्सव असार ०५ गते समापन हुनेछ।


 

प्रकाशित मिति: : 2023-06-19 22:00:00

प्रतिकृया दिनुहोस्