नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
साेमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध तीनवटा मुद्दा दर्ता गरेको हो।
अधिकारीमाथि कर्जा प्रवाहका क्रममा घुस र कमिसन लिएकोलगायत आरोप छन्।
उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीहरूबाट कर्जाबापत कमिसन संकलन गरेको अनुसन्धानबाट खुलेकाे अख्तियारले जनाएकाे छ।