टी- २० विश्वकप

अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड विश्वकपकाे सेमिफाइनलमा

photo : ICC

सुपर-एट’काे आफ्नाे अन्तिम खेलमा सह-आयाेजक अमेरिकालाई १० विकेटले पराजित गर्दै साविक विजेता इङ्ल्याण्ड आइसिसी टी- २० विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

आइतबार राति अमेरिकाले दिएकाे ११६ रनकाे लक्ष्य इङ्ल्याण्डले मात्रै ९.४ ओभर बिनाविकेटकाे क्षतिमा पूरा गर्दै अमेरिकालाई १० विकेटले पराजित गरेकाे हाे।

इङ्ल्याण्डकाे जितमा कप्तान जस बटलरले ८३ रनकाे अर्धशतकीय पारी खेले। भने, फिल साल्टले २५ रन जाेडे।

त्यसअघि पहिला ब्याटिङ गरेकाे अमेरिका १९.५ ओभरमा ११५ रन बनाएर आउट भएकाे थियाे।

त्यसक्रममा नितिश कुमारले ३०, काेरी एन्ड्रेसनले २९, हार्मिट सिंहले २१, स्टेभन टेलरले १२ र कप्तान आराेन जाेन्सले १० रन प्रहार गरेका थिए।

भने, चार खेलाडी शुन्य रनमा आउट भएका थिए।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा इङ्ल्याण्डका क्रिस जाेर्डनले ह्याट्रिक्ससहित ४ विकेट लिए। भने, साम करन र आदिल रासिदले २-२ विकेट लिए।

याे हारसँगै सह-आयाेजक अमेरिका भने सुपर-एटमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिएकाे छ।

भने, इङ्ल्याण्डकाे याे दाेस्राे जित हाे। इङ्ल्याण्ड सुपर- एटका खेल पूरा गर्दै ४ अंकसहित समूह- २ काे शीर्ष स्थानमा उक्लिएकाे छ।

अब याे समूहबाट सेमिफाइनलमा पुग्न साेमबार बिहान दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: : 2024-06-23 22:48:00

प्रतिकृया दिनुहोस्