बिएल संवाददाता
चितवनको भरतपुरमा भोलिदेखि हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा ठूला विपक्षी दलका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्।
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले दिएको जानकारी अनुसार एमालेबाट अध्यक्ष केपी ओलीले पार्टी प्रतिनिधिका रुपमा नेता प्रदीप ज्ञवालीलाई पठाउने भएका छन्।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक प्रचण्डले नेता वर्षमान पुनलाई पठाउने भएका छन्। प्रचण्डले स्वास्थ्यको कारण देखाउँदै आफू उपस्थित हुन नसक्ने जानकारी पठाएका छन्।
रास्वपाले महाधिवेशनका लागि सबै पार्टीका प्रमुखहरूलाई निम्ता गरेको थियो।
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, जनमतबाट सीके राउत, जसपाबाट उपेन्द्र यादव सहभागी हुने भएका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि रास्वपा महाधिवेशनमा सहभागी हुने बताइएको छ।
यता नेपाली कांग्रेसले भने रास्वपा महाधिवेशनमा पार्टीको प्रतिनिधित्व गर्ने नेता टुंगो लगाउन सकेको छैन। पार्टी सभापति गगन थापा आफैं उपस्थित हुने वा अन्य नेतालाई जिम्मेवारी दिने भन्ने टुंगो लगाउन नसकेको हो।
श्रम संस्कृति पार्टी अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङले भने रास्वपा महाधिवेशनमा सहभागी नहुने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया