‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
रातोपाटी
विराटनगर। ताप्लेजुङ, फुङलिङका ५२ वर्षीय कोरोना संक्रमित पुरुषमा श्वाससम्बन्धी समस्या भएपछि झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलको कोभिड वार्डमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
ती संक्रमितकी छोरीका अनुसार अस्पतालले धरौटीबापत दुई लाख रकम लिएरमात्र उपचार सुरु गरेको छ। ‘बुबालाई अस्पताल भर्ना अगावै अस्पतालले हामीसँग दुई लाख रुपैयाँ धरौटी राख्न लगायो,’ उनले भनिन्, ‘त्यसपछिमात्र बुबालाई भर्ना लिएर अस्पतालले उपचार सुरु ग-यो।’
अस्पतालमा राखेको धरौटीबाहेक पनि औषधि लगायतका आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री जोहो गर्न दैनिक ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको उनले बताइन्। मोरङ केराबारीका त्रिलोचन्द्र थापाको समस्या पनि उस्तै छ।
६५ वर्षीय कोरोना संक्रमित बुबाको उपचारमा चार दिनमै डेढ लाख रुपैयाँ सकिएको उनले बताए। उनले भने, ‘तर यतिका पैसा सकिए पनि बुबाको स्वास्थ्यमा कुनै सुधार भएको छैन। अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।’
विराट टिचिङ हस्पिटलमा दैनिक भेन्टिलेटर चार्जमात्र २० हजार रुपैयाँ तिर्दै आएको उनले सुनाए। सो अस्पतालले एक लाख धरौटी राख्न लगाएको र अन्य विविध शीर्षकमा चर्को शुल्क लिँदै आएको उनको गुनासो छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया