प्यालेस्टिनी लडाकु समूह हमासले आज (शनिबार) ६ जना बन्धकलाई रिहा गर्दै छ।
इजरायली सञ्चारमाध्यमका अनुसार ६ जना पुरुष बन्धकहरूलाई हमासले आज मुक्त गर्न लागेको हो। तर, नेपालका विपिन जोशी आज पनि रिहा हुने सूचीमा परेका छैनन्।
नेपाल सकारको लगातारको कुटनीतिक पहल र प्रयासमा पनि विपिन जोशीको औपचारिक अवस्थाबारे पत्ता लाग्न सकेको छैन।
इजरायली मिडियाका अनुसार आज रिहा हुने सूचीमा ३९ वर्षका तल शोहम, ३७ वर्षका अवेरा मेंगिस्तु र हिशाम अल सैयद, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ छन्।
३७ वर्षीय अवेरा र हिशाम सन् २०१४ देखि नै हमासको कब्जामा थिए।