अन्तर्राष्ट्रिय श्रमिक दिवस

श्रमिकमय भृकुटीमण्डप (तस्बिरहरू)

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ।

विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन्।

मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ।

मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीकाे आयोजनामा बुधबार भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष कार्यक्रम भइरहेकाे छ।

समारोहअघि श्रमिकहरूले नयाँ सडकबाट भृकुटीमण्डपसम्म र्‍याली निकालेका थिए।

साे अवसरमा उपत्यकाका विभिन्न ठाउँबाट आएका श्रमिकहरू भृकुटीमण्डपमा रमिरहेका छन्।

प्रकाशित मिति: : 2024-05-01 14:09:00

प्रतिकृया दिनुहोस्