
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
बिएल संवाददाता
विनाशकारी भूकम्पले मोरक्कोसँगै भत्कायो २५ वर्षीय ओमर ऐत माबारेकको ‘एउटा सपना’।
महिना दिनपछि बिहे गर्न लागेका उनी हिजोआज एकोहोरो टोलाइरहेका छन्। उनी दुःखी छन्, तनावै–तनावमा बाँचिरहेका छन्।
‘मन पराएकी प्रेमिकालाई पत्नी बनाउने सपना देखेका’ ओमर पीडा छल्न मोबाइलतिर हेर्छन्, क्षणभरमै आँखाबाट आँसु खसाल्छन्।
शुक्रबार राति मोरक्कोमा भूकम्प आउनुभन्दा केही मिनेटअघि ओमर आफ्नी प्रेमिकासँग फोनमा कुरा गरिरहेका थिए, त्यहीबेला ‘मुटु हल्लाउने’ ठूलो कम्पन आयो। र, उनले फोनमा भाँडो खसेको आवाज सुने। त्यसपछि फोन काटियो।
भूकम्पले बेस्सरी हल्लाएपछि ओमर पनि बाटोमा निस्किए। त्यतिखेर मानिसहरूबीच भागाभाग मच्चियो। जमिन फाट्दैथियो, घरहरू भत्किँदै थिए। ओमरको सपना बिग्रिँदै गयो र मनमा त्राश फैलियो। उनले चार घण्टापछि ‘मीना ऐत बिही’को मृत्युको खबर सुने।
मीना र ओमर प्रेमी–प्रेमिका थिए, उनीहरू वैवाहिक बन्धनमा बाँधिँदै थिए। ओमरकी पत्नी बन्दैथिइन् मीना। तर उनलाई ओमरले घर भित्र्याउनुअघि नै भूकम्पले लग्यो।
ओमर पुराना दिनहरू सम्झिएर रोइरहन्छन्, मीनाको शव गाडिएको खाल्डो हेरेर टोलाइरहन्छन्। आँसुले भरिएका ‘राता आँखा’ले भूकम्पपछिको पीडा दर्साइरहेका छन् उनी।
‘भूकम्पले मोरक्को भत्कायो। मेराे तिख्त गाउँ भत्कायो। अनि मीनासित बिहे गर्ने सपना पनि भत्कायो। गन्न नसकिने गरी मानिसहरूको मृत्यु भयो,’ ओमरले भने।
‘चिहान बन्यो तिख्त गाउँ’
एउटा सुन्दर गाउँ थियो– तिख्त। अहिले त्यो गाउँ शुक्रबार आएको शक्तिशाली भूकम्पले भत्काएको छ।
उद्धारकर्ताहरूले तिख्त गाउँको भग्नावशेषबाट एक महिलाको शव निकाल्न संघर्षरत थिए। तर, यो काम निकै चुनौतीपूर्ण थियो। भूकम्पले ढलेका घरमुनि कैयौँ मानिसहरू चेपिएका छन्। उनीहरू धेरैको मृत्यु भइसकेको छ। अहिले शव निकालिँदैछ।
उत्तर अफ्रिकी देश मोरक्कोमा शुक्रबार गएको भूकम्प ६ दशकयताकै सबैभन्दा घातक भूकम्पमध्ये एक थियो। समाचार एजेन्सीसँग २५ वर्षीय ओमारले आफ्नी प्रेमिकालाई कम्बलमा बेरेर चिहानमा लगिएको बताउँछन्, जहाँ अन्य ६८ जनाको शव पहिल्यै राखिएको थियो।
उद्धारकर्ताहरूले मीनाको शव भग्नावशेषबाट बाहिर निकाल्दा उनको साथबाट एउटा मोबाइल पनि फेला पारेका थिए, त्यो मोबाइल अहिले ओमरसँगै छ।
मीनाको न्यास्रो मेट्न बेलाबेला त्यो मोबाइल चलाउँछन् ओमर। तर हप्ता दिनअघि सँगसँगै घुमघाम गरेको सम्झिएर भक्कानिन्छन् उनी।
‘मरिसक्यो तिख्त गाउँ’
भूकम्पले थलिएको छ, मोरक्को। अनि मरिसकेको छ– तिख्त गाउँ।
पहिले तिख्त गाउँमा कम्तिमा एकसय परिवारको बस्ती थियो। अहिले गाउँ भग्नावशेष छ, सग्ला छैनन् घरहरू। भत्किएका छन् बाटोघाटो। ढुङ्गा–इँट्टा, भाँचिएका काठ, लुगाफाटो र जुत्ता नराम्रोगरी छरिएका छन्।
३३ वर्षीय मोहसिन अक्सुमले समाचार एजेन्सीसँग भने, ‘यहाँको जीवन समाप्त भइसक्यो, अब यो गाउँ मरिसक्यो।’
माटोबाट बनेका थिए घरहरू
तिख्त गाउँका अधिकांश घर माटोले बनेका थिए। भूकम्पको शक्तिशाली धक्काले सबै घर एकैसाथ भत्किए।
‘यो एउटा सानो गाउँ थियो, सुन्दर थियो। मानिसहरूले घर बनाउँदा विनाशकारी भूकम्पको बारेमा सोचेनन्, तर अहिले गाउँका धेरै सदस्य गुमायौँ,’ २३ वर्षीय विद्यार्थी अब्देलरहमान एडजलले भने। एजेन्सीकाे सहयाेगमा
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया