राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको पहिलो दिनको धर्ना जारी रहेको छ। आज (शुक्रबार) बिहानबाट पुनसहिको धर्ना टोलीले काठमाडौंको माइतीघरमा धर्ना दिइरहेको छ।
अध्यक्ष पुनले धर्ना टोलीले आज रातभरि सडकमै धर्ना दिने बताए। प्रहरीले सुरक्षित स्थानमा बसेर धर्ना दिन आग्रह गर्दासमेत पुनसहितको धर्ना टोलीले मानेका छैनन् भने सडकमै बसेर धर्ना दिने बताइरहेका छन्।
विज्ञान प्रविधिका क्षेत्रमा संघ र प्रदेश सरकारले कुल बजेटको एक प्रतिशत छुट्याउनुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न ठोस नीति बनाउनुपर्नेलगायत चार बुँदे माग राखेर अध्यक्ष पुन धर्नामा बसेका हुन।
उनकाअनुसार चार बुँदे माग पूरा नभएसम्म धर्ना कार्यक्रम अनिश्चितकालसम्म रहनेछ। उनले रात, दिन धर्ना जारी रहने बताएका छन्। रातमा धर्ना बस्न इच्छुक भएमा आड्ने–ओछ्याउने लिएर माइतीघरमा आउने पनि पुनको आग्रह छ।
यस्ता छन्, पुनका मागहरुः
१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस र ‘अनुसन्धान नबप्रबर्तन र आविष्कार कोष’मा राखियोस्। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गरियोस। सो कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभएमा आगामी वर्षहरुमा पनि खर्च गर्न पाउने व्यवस्था गरियोस्।
२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐन भन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्धन सन्चालन तथा खरिद ऐन’ बनाइयोस र आवश्यकता अनुसार अनुसन्धानको कामलाई कार्यक्रम मिल्ने गरी नीति नियम बनाइयोस्।
३. अनुसन्धान नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजहरु लाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस र स्वदेशी उत्पादनलाई बजारिकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइयोस। सो कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउनको लागि जब उद्यमी प्रवर्धन समिति बनाइयोस र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने ब्यवस्था गरियोस्।
४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नको लागि विज्ञान मन्त्रालय अन्तर्गत ‘व्यावहारिक अनुसन्धन र नवप्रर्वतन’ विभाग ओलियोस्, सो विभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भइसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरुबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्न पूर्ण अधिकार सहित जिम्मा दिइयोस्।
थप समाचार
तातो सडकमा महावीर पुन– हाम्रा प्रतिभालाई पलायन हुनबाट रोक सरकार (तस्बिरहरु)
अनुसन्धान, नवप्रवर्तन र आविष्कारको नीति माग्दै माइतीघरमा महावीर पुनको धर्ना (तस्बिरहरू)
महावीर पुनले किन गर्दैछन्, सामाजिक जनआन्दोलन ? (भिडियो)
महावीर पुनले तोके सामाजिक जनआन्दोलन गर्ने स्थान, आन्दोलनमा यी नियम पालना गर्नु पर्ने
यात्री’ बाइक दर्ता प्रकरणस् महावीर पुनद्वारा सामाजिक जनआन्दोलनको घोषणा (विज्ञप्तिसहित)
महावीर पुनको चेतावनीपछि नेपालमा बनेका सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
यात्री बाइकलाई सरकारले दिएन दर्ता अनुमति, आन्दोलन गर्ने महावीर पुनको चेतावनी