 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                डा. प्रदीप भट्टराई
 
                                अमेरिकामा नोभेम्बर ८ मा सम्पन्न मध्यावधि निर्वाचनको मतगणना अझै सकिएको छैन । कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा ९ स्थानको परिणाम आउन बाँकि छ । हाउसका सबै ४३५ स्थानका लागि भएको निर्वाचनमा ४२६ स्थानको परिणाम आइसकेको छ । पछिल्लो परिणामअनुसार रिब्लिकन २१७ स्थान र डेमोक्रेटस २०९ स्थानमा विजयी भएका छन् । यो आँकडामा यसअघि डेमोक्रेट्सले जितेका १८ स्थान रिपब्लिकनले जितेका छन् भने रिपब्लिकनले जितेका ६ स्थान मात्र डेमोक्रेट्सले जितेका छन् । यसबाट डेमोक्रेट्सलाई खुद १२ स्थान नोक्सान भएको छ ।
बहुमतका लागि आवश्यक जादुगरी संख्या २१८ पुर्याउन रिपब्लिकन १ स्थान पर छ भने डेमोक्रेट्सलाई ९ स्थान चाहिन्छ । यसको अर्थ रिपब्लिकनले बाँकि ९ मध्ये एक स्थान जित्ने बित्तिकै बहुमत पुग्छ भने डेमोक्रेट्सलाई परिणाम आउन बाँकि सबै ९ स्थान नै जित्नुपर्छ ।
अब परिणाम आउन ४ राज्यका ९ स्थान मात्र बाँकि छ । अलास्का, कोलोराडो र मेनमा १-१ स्थान र क्यालिफोर्नियामा ६ स्थान परिणाम आउन बाँकि छन् । बाँकि रहेका स्थानमा डेमोक्रेट्स ५ स्थानमा अगाडि छन् भने रिपब्लिकन ४ स्थानमा । यही पछिल्लो अग्रतालाई कायम राख्ने हो भने डेमोक्रेट्सले ५ र रिपब्लिकनले ४ स्थान जित्छन् । यो अवस्थामा रिपब्लिकनको २२१ र डेमोक्रेट्सको २१४ स्थान हुन्छ ।
परिणाम आउँन बाँकिको पछिल्लो स्थित यस्तो छ :
अलास्का  १ :
डेमोक्रेट्स ४८. १, रिपब्लिकन २६.०८% ( ९०.१९ % मतगणना भैसकेको)
क्यालिफोर्निया ३ 
रिपब्लिकन ५२.७९%,  डेमोक्रेट्स ४७. २१% (५७.११ % मतगणना भैसकेको)
क्यालिफोर्निया १३
डेमोक्रेट्स ५०.२७%, रिपब्लिकन ४९.७३ % (८५.६ % मतगणना भैसकेको)
क्यालिफोर्निया २२ 
रिपब्लिकन ५२.४३%,  डेमोक्रेट्स ४७.५७% (६३.८२ % मतगणना भैसकेको)
क्यालिफोर्निया २७
रिपब्लिकन ५४.१६%,  डेमोक्रेट्स ४५.८४% (७०.०० % मतगणना भैसकेको)
क्यालिफोर्निया ४७
डेमोक्रेट्स ५०.७९%, रिपब्लिकन ४९.२१% (८४.२८ % मतगणना भैसकेको)
क्यालिफोर्निया  ४९
डेमोक्रेट्स ५२.२८%, रिपब्लिकन ४७.७२% (८८.५१ % मतगणना भैसकेको)
कोलोराडो ३
रिपब्लिकन ५०.१७%,  डेमोक्रेट्स ४९. ८३% (९८.६१ % मतगणना भैसकेको)
मेन २
डेमोक्रेट्स ४८. २४% रिपब्लिकन ४४.९०% (९८.७८ % मतगणना भैसकेको)
अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटको भने ३५ स्थानमा भएको निर्वाचनमध्ये सबैको परिणाम आइसकेको छ । ३४ स्थान पहिलोचरणमै निर्णयमा पुगे पनि जर्जियामा भने कुनै पनि उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले दोस्रो चरणको चुनावमा धकेलिएको छ । अमेरिकी राजनीतिक भाषामा रन अफ भनिने दोस्रो चरणको चुनाव त्यहाँ आउँदो डिसेम्बर ६ मा हुदैछ ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया