‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार’काे नीतिकाे मागसहित राष्ट्रिय आविष्कार केन्द्र अध्यक्ष महावीर पुनकाे टाेलीले शुक्रबार बिहानदेखि सुरु गरेकाे धर्ना कार्यक्रम रातमा पनि निरन्तरता दिएका छन्। माइतीघर मण्डालामा बिहानदेखि धर्ना बसेकाे पुनकाे टाेली अहिले मध्यरातमा पनि साेही क्षेत्रमा छन्। उनीहरु सडकमा त्रिपल बिछ्याएर बसेका छन्, भने खान पनि सडकमै पकाएका छन्।
विज्ञान प्रविधिका क्षेत्रमा संघ र प्रदेश सरकारले कुल बजेटको एक प्रतिशत छुट्याउनुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न ठोस नीति बनाउनुपर्नेलगायत चार बुँदे माग राखेर अध्यक्ष पुन धर्नामा बसेका हुन।
तस्बिरहरु: